नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 06:00:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले संसोधन पेश गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलले संसोधन पेश गरेका हुन् ।बैठकमा नेपाली काङ्ग्रेसका २३ जना सांसदका तर्फबाट सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रममा नेपालको संविधानको भावना विपरीत लेखिएको ‘मेरो सरकार’ लाई ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्ने माग गरे ।

राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, चन्द्रकान्त चौधरीले नीति तथा कार्यक्रमको बुँदा नं ७ ८, २०, ७९ र ३८ मा सशंोधन हुनुपर्ने माग गरेका छन् । राजपाले संविधान संसोधनको बिषय नीति तथा कार्यक्रम मै लेख्न माग गरेको छ ।  सांसद प्रेम सुवालले पनि संसोधन दर्ता गराएका छन् ।

सांसदहरुले संसोधन पेश गरेसंगै बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ । छलफलमा उठेका प्रधानमन्त्रीले जवाफ दिने छन् । त्यसपछि संशोधनकर्ताले पेश गरेको संशोधन प्रस्ताव निर्णयार्थ पेश हुनेछ । संसोधन प्रस्ताव बहुमतले स्वीकृत भए त्यसलाई नीति तथा कार्यक्रममा समाबेश गरिने छ भने अस्वीकृत भएमा ति समाबेश हुने छैन ।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved