किंग्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्रले यसरी मनाए गुड फ्राइ डे (फोटो फिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 10:54:22 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको दरबार मार्गमा सञ्चालनमा रहेको किंग्स लाउन्जमा पूर्व राजा ज्ञानेन्द्र शाहले परिवार सहित ३ घण्टा समय बिताएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व राज परिवारका सदस्य तथा आफन्तासँग ह्याप्पी फ्राइडे मनाएका हुन् । 

श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा पुर्व राजा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुगेका थिए । झण्डै ४० जना आफन्तको साथमा किंग्स लाउन्ज पुगेका ज्ञानेन्द्रले पुरै तीन घण्टा समय बिताएका थिए । सुट पाइन्ट लगाएर औपचारिक शैलीमा किंग्स लाउन्ज पुगेका पूर्व राजा ज्ञानेन्द्र हर्षित मुद्रामा देखिएका थिए । 

साँझ झण्डै साढे ७ बजे सुरक्षाकर्मीको बाक्लो उपस्थितीका बिच दरबारमार्ग पुगेका पूर्व राजा ज्ञानेन्द्रले लाइभ म्युजिकको साथमा स्वादिष्ट भोजनको मज्जा लिएका थिए । सहभागि सबैले किंग्स लाउन्जमा उपलब्ध विभिन्न प्रकारका स्वादिष्ट खानाको स्वाद लिँदै गर्दा पूर्व राजा ज्ञानेन्द्रले खानाको प्रंशसा गर्दै सञ्चालकहरुलाई धन्यवाद दिएका थिए । लाउञ्जले मिलाएको सुरक्षा प्रबन्धको पूर्व राजा ज्ञानेन्द्रले तारिफ गरेका थिए । 

सो अवसरमा ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यहरुले लाउन्जमा उपस्थित फ्यानहरुसित फोटोसमेत खिचाएका थिए । शाहलाई किंग्स लाउन्ज सञ्चालक तथा व्यवस्थापनका साथै सर्वसाधारणहरुले भव्य स्वागत तथा सम्मान प्रदान गरेका थिए । 

पूर्वराजपरिवारका तर्फबाट पहिले नै रेस्टुरेन्ट बुकिङ गरिएको थियो । पूर्व राजा सहभागी उक्त दिन लाउन्जमा किंग्स ब्याण्डका राकेश खालिङ, अन्जली राई लगायतले विभिन्न मौलिक नेपाली गीत संगितहरु प्रस्तुत गरेका थिए । 

दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्ज सुरक्षितका साथै  पारिवारिक वातारणमा संचालमा रहेकाले दिनहुँ जसो हाई प्रोफाइल सेलिब्रेटीहरु समेत संगितका साथै स्वादिष्ट भोजनको आनन्द लिन पुग्ने गरेका छन् । 

लाउन्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल परिकार हरेक दिन फरक फरक स्वादमा आन पाइन्छ । बिहान ११ बजेदेखि राति साढे १२ बजेसम्म संचालन हुने लाउञ्जमा साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु समेत संचालन हुने गरेका छन् । 

यसै बिच किंग्स लाउञ्जले आगामी जेठ ९ गतेका दिनबाट पोखराको लेकसाइडमा पहिलो शाखा सञ्चालनमा ल्याउने भएको छ । नयाँ वर्षदेखि नै अनौपचारिक रुपमा सेवा सुरु गरिसकेको लाउञ्जले औपचारिक कार्यक्रम गरी पोखरामा सेवा सुरु गर्न लागेको हो । 





Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved