राष्ट्रिय गौरबको आयोजनामा निर्माण सामग्रिको अभाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 04:44:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नीर्माण सामग्रिको अभाब र बेमौसमी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ खण्डको स्तरोन्नतिको काम रोेकिएको छ ।  लोकमार्ग अन्तर्गत पर्ने पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि कास्कीको फेदी खण्डमा निर्माण सामग्रीको अभाव भएपछि निर्माण कार्य बुधबारदेखि रोकिएको हो ।

लोकमार्गको पर्वत खण्डको निर्माण कार्य सुस्त छ भने लुम्ले खण्डमा निर्माण सामग्रीको अभाव भएपछि कालोपत्र गर्ने काम रोकिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डमा यस आवसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको छ । अहिलेसम्म ६ किलोमिटरभन्दा बढी सडक कालोपत्रका लागि बेस बिच्छ्याएर तयार पारेको तर थप ६ किलोमिटर कालोपत्र गर्न निर्माण सामग्रीको अभाव भएको छ । असार अगावै १२ किलोमिटरभन्दा बढी सडक कालोपत्र गर्ने लक्ष्य आयोजनाको छ । आयोजनाकोे लागि आबश्यक पर्ने ढुङ्गा अभाब भएको कारण द्रुत गतिमा भइरहेको काम दुई दिनदेखि स्थगित गर्नुपरेको कम्पनीका साइड इञ्चार्ज काशीराज बोहराले बताए । गाउँपालिकाको स्वीकृतिमा निर्माण कम्पनी स्थानीय वन क्षेत्रबाट ढुङ्गा उत्खनन गरेको थियो । उक्त स्थानमा वडा कार्यालय भवन वा खेलमैदान बनाउने सहमति र गाउँपालिकालाई करसमेत बुझाएर ढुङ्गा उत्खनन हुँदै आएकामा वन डिभिजन ढिकुरपोखरीले वन क्षेत्रबाट उत्खनन रोक्न पत्र थमाएपछि आयोजनाको काम रोकिएको हो ।  उक्त खण्डमा अहिलेसम्म स्ट्रक्चरको काम करीब सकिएका कारण पिच गर्ने कार्य मात्रै बाँकी छ । निर्माण सामग्री सहज भएको अवस्थामा आगामी वर्षको हिउँदमै सबै काम सक्ने लक्ष्य रहेको साइड इञ्चार्ज बोहराले बताए।

पर्वतको कुस्मा र कास्कीको हेम्जामा खानेपानीका पाइप तथा विद्युत्का पोल स्थानान्तरण गर्न समस्या भएपछि सोचेअनुसारको प्रगति हुन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । नयाँपुलदेखि फेदी खण्ड निर्माण गरिरहेको श्रेष्ठ,दिवा र एपेक्स जेभीले दिएको जानकारीअनुसार कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने लुम्लेको ढावामा निर्माण सामग्री निकाल्न वन कार्यालयले रोकेपछि निर्माण सामग्रीको अभाव भएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved