नेपाल एकायन कराते संघको आयोजनामा
काभ्रेको बनेपामा दोश्रो राष्ट्रिय एकायन कराते प्रतियोगिता संचालन हुने
भएको छ । माघ १२ र १३ मा बनेपाको पोलिटेक्निक मैदानमा आयोजना हुने उक्त
प्रतियोगितामा सात प्रदेशबाट करिब १२० महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा १० तौल समूह सामेल हुनेचन । प्रतियोगिताालाई
सफल बनाउन नेपाल एकायन कराते संघका केन्द्रीय अध्यक्ष श्रीकृष्ण डंगोलको
अध्यक्षतामा काभ्रे जिल्ला समितिका अध्यक्ष सुनील तामाङ्ग संयोजक रहेको ९ सदस्यीय
प्रतियोगिता संचालन व्यवस्थापन समिती गठन गरिएको छ । प्रतियोगिताको तयारी अन्तिम
चरणमा पुगेको र सबैलाइ साथ दिनका लागि आग्रह समेत आयोजकले गरेको छ ।
बि स २०७२ मा स्थापित एकायन कराते संघले नुवाकोट , काभ्रे, मकवानपुर ,धादिंग, चितवन ,बाँके , भक्तपुर ,ललितपुर ,पर्सा ,कास्की ,कैलाली,ओखल्धुङ्गा ,सोलुखुम्बु ,महत्तरी लगाएत जिल्लाहरुमा शाखा स्थापना गरि विभिन्न स्थानिय एबम राष्ट्रिय स्तरका खेल प्रतियोगिता आयोजना गर्दै आएको छ ।