सिकन्दर र टेलरको विस्फोटक ब्याटिंङ सामु नेपाल निरिह, पायो ३८१ रनको बिशाल लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2018 | 02:49:09 PM मा प्रकाशित

laxmi  sunrise bank

एक दिवसीय बिश्वकप छनौट अन्तर्गत अहिले नेपालले घरेलु टोली जिम्बाबेको सामना गरिरहेको छ । टस जितेर पहिले  ब्याटिंग गरेको जिम्बाबेले आक्रमक प्रदर्शन गर्दै नेपाललाई ३८१ रनको बिशाल लक्ष्य दिएको छ । जिम्बाबेले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३८०  रन जोडेको हो । जिम्बाबेका सिकन्दर राजा र ब्रेण्डन टेलरले शतक प्रहार गरे । सिकन्दरले ६६ बलमा १२३ तथा टेलरले ९१ बलमा १००  रन जोडे । त्यस्तै त्यस्तै सोलोमन मिरेले अर्धशतकीय पारी खेल्दै ५१ रन जोडे ।

बलियो टेस्ट राष्ट्र सामु नेपालको बलिंगको जादु चलेन । नेपालको लागि सन्दिप लामिछानेले १, सोमपाल कामीले २, बसन्त रेग्मीले २ तथा ललित राजबंशीले १ विकेट लिए ।

अनुभवी जिम्बाबेसंग नेपालका बलरहरुले धेरै रन खर्चिनु पर्यो । 

  यस्तो छ नेपालको टिम: ज्ञानेन्द्र मल्ल, दिलिप नातः, पारस खडका, दिपेन्द्र ऐरी , शरद भेष्वाकर, आरिफ शेख, रोहित कुमार, सोमपाल कामी , बसन्त रेग्मी, सन्दिप लामीछाने, ललित राजबंशी   । 

पहिलो पटक एकविदवशीय विश्वकप छनौट खेल्न लागेको नेपालले आज घरेलु टोली जिम्बाबेसंग प्रतिस्पर्धा गर्दै छ । एकविदवशीय विश्वकप छनौटमा नेपालले पहिलो पटक  टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको हो ।

टी–२० विश्वकपमा भने नेपालले यस अघि नै टेस्ट खेल्ने राष्ट्र बंगलादेश संग खेलीसकेको छ  । डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ । 

नेपालको प्रतिस्पर्धी जिम्बाबे समुह कै बलियो टोली हो  । जिम्बावेले सन् १९८३ यता लगातार विश्वकपमा सहभागिता जनाउँदै आएको छ । 

नेपालको लक्ष्य भने  वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउनु हो । शीर्ष ८ भित्र पर्न सकेमा नेपालले आगामी ४ वर्षका लागि वान–डे मान्यता पाउने छ र प्रथम श्रेणीको मान्यताप्राप्त अन्तरमहादेशीय चारदिवसीय क्रिकेट खेल्न पाउने छ ।

नेपाली टोलीका कप्तान पारस खड्काले आफुलाई कुनै दबाब नभएको बताएका छन । उनले भने ‘दबाब सम्भवत: ठूलो टोलीलाई नै हुन्छ । आफूले चाहेको नतिजा पाउनेमा हामी विश्वस्त छौं र त्यसैले हामी एक पटकमा एउटै खेलमा मात्र ध्यान दिन्छौं ।’

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved