सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट शुरू भएकाे छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा लिग सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेल सन्दीप लामिछानेकाे कप्तानीमा रहेकाे विराटनगर टाइटन्स र शरद् भेषावकरकाे कप्तानीमा रहेकाे पोखरा पल्टनबीच भईरहेको छ ।
कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु १० लाख प्राप्त गर्नेछ ।
हेर्नुस लाइभ ।