४ खेलबाटै आशाको दियो बालेका अल्मुताइरीको राजीनामाले फुटबल समर्थन निराश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 03:00:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले आइतबार प्रशिक्षकबाट अप्रत्याशित राजीनामाको घोषणा गरे । सामाजिक संजाल फेसबुकमा छोटो स्टाटस लेख्दै उनले एन्फाका वरिष्ठ उपाध्यक्षका कारण आफूले राजीनामा दिनुपरेको उल्लेख गरेका छन् । 

‘एन्फाका उपाध्यक्ष पंकज विक्रम नेवाङले ३ हप्तादेखि निकै नाटक गर्नुभयो । मैले राजीनामा दिँदैछु । अब त खुसी हुनुहुन्छ होला नि पंकज नेम्वाङ’ उनले फेसबुकमा लेखेका छन् । 

अल्मुताइरीको घोषणापछि नेपाली फुटबल समर्थकहरु एन्फाविरुद्द खनिएका छन् । फेसबुक र ट्वीटरमा अल्मुताइरीलाई राजीनामा नदिन अग्रह गर्दै फुटबल समर्थकहरु पंकज नेम्वाङलाई बर्खास्तीको माग गर्दै ह्यास ट्यागसमेत चलाउन थालिसकेका छन् । 

सामाजिक सञ्जालमा अल्मुताइरीले नेपाली फुटबललाई बदल्ने सुरु गरिसकेको अवस्थामा राजनीतिक खिचातानीका कारण राजीनामा दिन बाध्य पारिएको भन्दै एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङप्रति आक्रोश पोखेका छन् । 

४ खेलबाट आशा जगाएका कोच

अल्मुताइरीको कोचिङमा नेपालले ४ खेल खेलेको छ । कुबेती प्रो–लाइसेन्स होल्डर अल्मुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । कतार फुटबल संघसँगको सहयोगमा एन्फाले अल्मुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । 

नेपाल आएलगत्तै उनले ‘नेपाली टिमलाई सुन्दर फुटबल खेलाउने छु, अब नेपालले रक्षात्मक खेल खेल्ने छैन । आक्रामक खेल्नेछ’ भनेर आशाको दियो बालेका थिए । 

मुख्य प्रशिक्षकको जिम्मा पाएसँगै सबै खेलाडीसँग लिखित अनुभव मागेका अल्मुताईरीले भनेजस्तै उनको कोचिङमा नेपालले रक्षात्मक खेल खेलेन । उनले जम्मा ४ खेल खेलाए । 

उनको प्रशिक्षणमा नेपालले पहिलो खेल इराकविरुद्ध खेल्यो । इराकसँग नेपाली टिम पराजित भएपछि उनले त्यसको दोष खेलाडीलाई नदिन अनुरोध गर्दै पराजयको जिम्मा आफूले लिने उल्लेख गरेका थिए । 

दोस्रो खेलमा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्ध खेलेको नेपालले जित निकाल्यो । विश्वकप छनोट अन्तर्गत नै नेपालले अल्मुताइरीको कोचमा तेस्रो र चौथो खेल जोर्डन र अष्ट्रियाविरुद्ध खेल्यो । यी दुबै खेलमा नेपाली टोली पराजित भएपनि इतिहासमै रक्षात्मकबाट आक्रामक खेल खेलेको नेपाली टोली र प्रशिक्षकको खुब तारिफ भयो । 

यसले आगामी दिनमा नेपाली फुटबल टोलीले राम्रो गर्ने आशा गरिएको थियो । तर, अचानक प्रशिक्षक अल्मुताइरीले राजीनामा दिएपछि फुटबल समर्थकहरु निराश बनेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved