अनौठो हुने भयो २०३० को विश्वकप, आयोजक देश नै ६ वटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2023 | 09:59:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०३० को फिफा हालसम्म कै अनौठो हुने भएको छ । फिफा काउन्सिलले सन् २०३० को विश्वकप ६ देशले आयोजना गर्ने निर्णय गरेसंगै स२०३० को प्रतियोगिता हालसम्म कै अनौठो हुने भएको हो ।

फिफा काउन्सिलको निर्णय अनुसार मोरोक्को, पोर्चुगल र स्पेन सन् २०३० को प्रतियोगिताको मुख्य आयोजक रहने छन् । त्यस्तै युरुग्वे, अर्जेन्टिना र पाराग्वे पनि विश्वकपको आयोजक रहने छ । यो आफैमा पनि अनौठो हो किनभने आयोजक नै ३ महादेशका हुने छन् । मोरोक्को अफ्रीका महादेशको हो भने पोर्चुगल र स्पेन युरोप महादेशको हो । त्यस्तै युरुग्वे, अर्जेन्टिना र पाराग्वे दक्षिण अमेरिकी महादेशका हुन् ।

फिफाका अनुसार उद्घाटन  खेल युरुग्वेमा हुने छ । पहिलो विश्वकपको सन् १९३० मा युरुग्वेमा भएको थियो । सन् २०३० मा विश्वकप सुरु भएको १०० वर्ष पुग्ने छ । सोहि कारण १०० वर्ष पुगेको अवसरमा जहाँबाट विश्वकप सुरु भएको थियो , १०० वर्षपछिको पहिलो प्रतियोगिता पनि त्यहि गर्ने फिफाले निर्णय गरेको थियो । पहिलो विश्वकप आयोजक र पहिलो विजेताको सम्मानमा सन् २०३० को पहिलो खेल युरुग्वेमा गर्ने फिफाको तयारी छ। सन् १९३० को पहिलो प्रतियोगिताको फाइनलमा युरुग्वेसँग अर्जेन्टिना भिडेको थियो । सोहि कारण पहिलो प्रतियोगिताको उपविजेताको सम्मानमा दोस्रो खेल अर्जेन्टिनामा हुने छ । तेस्रो खेल पाराग्वेमा हुने छ ।  दक्षिण अमेरिकी फुटबल संघ पराग्वेमा जन्मिएकोले त्यसको सम्मान स्वरुप सन् २०३० को विश्वकपको तेस्रो खेल त्यहाँ गर्न प्रस्ताव गरिएको छ । बाँकि खेल भने मोरोक्को, पोर्चुगल र स्पेनमा हुने छ । मोरोक्को, पोर्चुगल र स्पेन नै सन् २०३० को मुख्य आयोजक हुने छन् । 

यसो हुँदा इतिहास मै पहिलो पटक सन् २०३० को विश्वकपको लागि आयोजकको नाताले ६ देश स्वत छनौट हुने छन् । 

फिफाले सन् २०३४ को आयोजकको लागि एसिया र ओसियानाबाट मात्र दाबी गर्न सक्ने निर्णय गरेको छ । यस संगै सन् २०३४ को विश्वकप साउदी अरबियामा हुने सम्भावना बढेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । ओसियानाबाट अष्ट्रेलिया र न्युजिल्यान्डको दाबी पर्ने भए पनि साउदी अरेबियाको दाबी बढी दमदार हुने बताईएको छ । त्यसो भएमा ब्यापक गर्मी हुने कारण सन् २०२२ मा जस्तै सन् २०३४ को विश्वकप पनि जाडोयाममा  हुने छ । 

फिफा काउन्सिलको यी निर्णयलाई फिफा कंग्रेसले अनुमोदन गर्नु पर्ने हुन्छ । तर सबै महादेशका फुटबल संघसँग छलफल गरेर यी निर्णय लिइएकोले फिफा कंग्रेसबाट यो निर्णय सहजै पारित हुने बताईएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved