क्रिकेट विश्वकप आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 09:36:47 AM मा प्रकाशित

laxmi  sunrise bank

एक दिवसीय क्रिकेट विश्वकप  आज देखि सुरु हुँदै छ । १३ संस्करणको यो विश्वकप भारतमा हुन लागेको हो 

प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाली समय अनुसार २:१५ बजे इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्ने छन् । यी दुई टोली सन् २०१९ को फाइनलमा पनि भिडेका थिए । त्यस समय खेल बराबरी भएपछि सुपर ओभर पनि बराबर भएको थियो । बाउन्ड्री काउन्टको आधारमा इंग्ल्यान्डले विश्वकप जितेको थियो। प्रतियोगिताको फाइनल खेल १९ नोभेम्बरमा हुने छ 

प्रतियोगितामा आयोजक बह्रत सहित १० टिम सहभागी छन् । भारतसंगै अफगानिस्तान , अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, नेदरल्याण्ड, न्युजील्याण्ड, पाकिस्तान , साउथ अफ्रीका, र श्रीलंका प्रतियोगितामा सहभागी छन् । वेस्ट इन्डिज भने पहिलो पटक विश्वकपमा छनौट हुन असफल भएको छ

पहिलो पटक भारत एक्लैले विश्वकप आयोजना गर्न लागेको हो । यस अघि सन् १९८७, १९९६ र २०११ मा भारतले अन्य देशसँग मिलेर प्रतियोगिता गरेको थियो । तर भारत मात्र आयोजक रहेको यो पहिलो पटक हो 

प्रतियोगिताको खेलहरु विभिनन १० वटा रंगशालामा हुने छन् । पहिलो सेमिफाइनल खेल मुम्बईमा, दोस्रो सेमिफाइनलमा खेल कोलकातामा र फाइनल खेल अहेमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा हुने छ । 

नेपाल भने विश्व कप छनौटमा पुगे पनि विश्वकप कै लागि भने छनौट हुन सकेन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved