दशैँ कै बेला काठमाडौँमा ३ देश सम्मिलित अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै, यस्तो छ तालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 06:25:39 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा कार्तिक १ गतेदेखि अन्तराष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतियोगितामा नेपाल , युएई र हंगकंग सहभागी हुने छन् । फाइनल खेल किर्तिपुर स्थित खेल मैदानमा हुने छ भने बाँकि सबै खेल मुलपानी मैदानमा हुने छ । नेपालले टि २० विश्व कप छनौटको लागि यो प्रतियोगिता आयोजना गरेको हो । हरेक टिमले हरेक टिमसँग २/२ खेल खेल्ने छ । शिर्ष २ मा रहने टिमले फाइनल खेल्ने छ ।


यस्तो छ खेल तालिका :

कार्तिक १: नेपाल र युएई 

कार्तिक २: हंगकंग र नेपाल 

कार्तिक ४: नेपाल र हंगकंग 

कार्तिक ५ : हंगकंग  र युएई 

कार्तिक ६: नेपाल र युएई 

कार्तिक ८ : हंगकंग र युएई 

कार्तिक १० : फाइनल 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved