नेपाल फिफा विश्वकपको एसिया छनोटको दोस्रो चरणमा प्रवेश, अब को सँग खेल्नु पर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 08:04:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-१ ले विजयी भएर दोस्रो चरणमा प्रवेश गरेको हो ।

खेलको ५३ औ मिनेटमा मनिष डाँगीले गरेको एक मात्र गोल नै निर्णायक गोल बन्यो । यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । आज लाओसलाई १-० गोल अन्तरले पराजित गरेपछि नेपाल समग्रमा २-१ ले विजयी भएर दोस्रो चरणमा प्रवेश गरेको हो ।

अब नेपाल एसिया छनोटको दोस्रो चरणको समुह एचमा रहने छ । सो समुहमा युएई , बहराइन , यमन र नेपाल रहने छन् । नेपालले युएई , बहराइन र यमनसँग होम एण्ड अवे गरेर ६ खेल खेल्ने छ।  

६ खेलपछि समुहको शिर्ष २ मा रहन सकेमात्र नेपाल विश्वकप छनौटको तेस्रो चरणमा पुग्ने छ । समुहको शिर्ष २ मा नपुगेमा नेपालको विश्वकप छनौटको यात्रा समाप्त हुने छ  । शिर्ष २ मा नपरे पनि नेपालले सन् २०२७ मा हुने एशियन कप छनौट प्रतियोगिता खेल्न पाउने छ । 

हाल कायम फिफा बरियता अनुसार युएईको बरियता ७०, बहराइनको ८६, यमनको १५६ र नेपालको १७५ बरियताक्रम रहेको छ । दोस्रो चरणको खेलहरु आगामी नोभेम्बरदेखि नै सुरु हुनेछ र २०२४ को जुनसम्म सञ्चालन हुनेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved