न्यूजील्याण्डले भारतलाई दियो २७४ रनको टार्गेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2023 | 06:20:02 PM मा प्रकाशित

laxmi  sunrise bank

न्यूजील्याण्डले भारतलाई २७४ रनको टार्गेट दिएको छ । भारतमा जारी एकदिवशिय विश्वकप क्रिकेट अन्तर्गत आइतबार यी दुई टीमको खेल भइरहेको छ । जहा न्यूजील्याण्डले निर्धारित ओभरमा १० विकेट गुमाएर २७३ रन बनाएको छ । 

न्यूजील्याण्डले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।

यो टिमका दर्याल मिच्चेलले १३० रनको पारि खेले । उनले १२७ बलमा ९ चौका र ५  छक्काको मद्दतले १३० रन बनाउन सफल भएका हुन् ।

त्यसैगरी रचिन रविन्द्रले ८७ बलमा ७५ रन बनाए । उनले एक छक्का र ६ चौकाको मद्दतले ७५ रन बनाएका हुन् । 

यता भारतका बलर मोहम्मद शामीले ५ र कुलदिप यादवले २ विकेट लिए । त्यसैगरी जस्प्रीत बुमराह र मोहम्मद सिराजले समान एक-एक विकेट लिए । 

जारी विश्वकममा हालसम्म यी दुई टिमले एक  खेल पनि हारेका छैनन् । जारी विश्वकममा न्यूजील्याण्डले चार खेल खेलेकोमा चारवटै जितेर तालिकाको शीर्ष स्थानमा छ । चारवटै खेल खेलेर चारवटै जितेको भारत भने तालिकाको दोस्रो स्थानमा रहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved