दक्षिण अफ्रिकाले बगंलादेशलाई दियो ३८३ रनको टार्गेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2023 | 06:11:09 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा जारी एकदिवसीय विश्वकप २०२३ मा दक्षिण अफ्रिकाले बगंलादेशलाई ३८३ रनको टार्गेट दिएको छ । टस जितेर ब्याटिङ रोजेको अफ्रिकाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३८२ रन बनाएको हो । 

अफ्रिाकाको यो विशाल रान बनाउन क्यून्टन डिककले महत्तपूर्ण पारी खेले । ओपनर डिककले १४० बलमा १७४ रन बनाए । जहाँ उनले ७ छक्का र १५ चौका लगाए । यसैगरी हैनरिच क्लासैनले ४९ बलमा ९० रन बनाए । उनले ८ छक्का र २ चौका प्रहार गरे । 

यता बगंलादेशका बलर हसन महमुदले २ विकट लिए भने मेहिदे हसन मिजर, शरिफुल ईस्लाम, साकिब अल हसनले समान एक एक विकेट लिए ।

मुम्बईको वानखेडे स्टेडियममा दिउँसो २ः१५ बजेदेखि खेल सुरु भएको थियो । 

दुई टोलीबीच हालसम्म कुल २४ ओडिआई खेलिएको छ । दक्षिण अफ्रिकाले १८ खेल जितेको छ भने बंगलादेशले ६ खेल जितेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved