श्रीलंका विरुद्ध इंग्ल्याण्ड १५६ रनमा अलआउट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2023 | 05:28:06 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंका विरुद्ध इंग्ल्याण्डको ब्याटिङ कमजोर साबित भएको छ । भारतमा जारी एकविदवशीय विश्वकप २०२३ अन्तर्गत बिहीबार भएको खेलमा इंग्ल्याण्डको ब्याटिङ फितलो देखिएको छ । 

टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्ड १५६ रन बनाएर अलआउट भयो । सुरुवात देखिनै कमजोर प्रस्तुतभएका इंग्ल्याण्डका खेलाडीहरु कसैलेपनि ५० रनसम्म बनाउन सकेनन् । बेन स्टकले ४३ र जोनी बैरस्टोले ३० र डविन मलनले २८ रन बनाए । 

श्रीलंकाली बलरको सामु धर्मराएको इंग्ल्याण्ड अन्ततः ३३.२ ओभरमा अलआउट हुन पुग्यो । 

यता, इंग्ल्याण्डको पारि ध्वस्त पार्न श्रीलंकाका बलर लाहिरु कुमाराले ३ विकेट लिए । त्यसैगरी, कासुन राजिथा र एन्जलो म्याथ्युजले समान २/२ विकेट लिए । महीस तिक्षनाले १ विकेट लिए । 

इंग्ल्याण्ड यस अघिको विश्वकप २०१९ को बिजेता समेत हो ।

जारी प्रतियोगितामा हालसम्म इंग्ल्याण्ड ४ खेलमा १ मा मात्र जीत हासिल गर्न सकेको छ भने ३ खेलमा पराजय बेहोरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved