भारतीय राजदूतावासद्वारा नेपाल क्रिकेट टिमलाई २० वटा ब्याट हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2023 | 08:27:35 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय राजदूतावास काठमाडौंले नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई क्रिकेट सामाग्रीहरु सहयोग गरेको छ । बिहीबार क्रिकेट टोली र नेपाल क्रिकेट संघ(क्यान)का कार्यकारी सदस्यहरुलाई राजदूतावासमा स्वागत गर्दै क्रिकेट सामाग्रीहरु वितरण गरेको हो । 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याट सहितका व्यावसायिक क्रिकेट सामाग्री क्यानका अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्काको उपस्थितिमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका हुन् । ती सामाग्री बी.पी कोइराला भारत–नेपाल फाउन्डेशन र भारत सरकारको स्वामीत्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको जनाइएको छ । नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरुप प्रदान क्यानले जनाएको छ ।

क्यानका अनुसार राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गरे । उनले क्रिकेट सामाग्रीको हस्तान्तरणले भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताए । उनले आगामी त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यबाट सुरु हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना दिए ।

अध्यक्ष चन्द, सचिव खड्का र नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले भारतीय दूतावास, बी.पी कोइराला भारत–नेपाल फाउन्डेशन र एसजेभीएनलाई धन्यवाद व्यक्त गरे ।

भारतीय दूतावास, काठमाडौंले यसअघि सन् २०१३ मा नेपाल क्रिकेट संघलाई  बस उपलब्ध गराएको थियो । बी.पी कोइराला भारत–नेपाल फाउन्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकातामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved