पाकिस्तान ४६.४ ओभरमा अलआउट, दक्षिण अफ्रिकाले पायो २७१ को टार्गेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2023 | 06:41:05 PM मा प्रकाशित

laxmi  sunrise bank

 भारतमा जारी एक दिवसीय विश्वकप अन्तर्गत शुक्रबारको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई २७१ रनको टार्गेट दिएको छ । टस जितेर ब्याटिङ रोजेको पाकिस्तान ४६ ओभर ४ बलमा २७० रन बनाएर अलआउट हुन पुग्यो । 

पाकिस्तानी क्याप्टेन बबर अजम र साउद सकिलले अर्धशतकको पारि खेले । बबरले ६५ बलमा ४ चौका र १ छक्काको मद्दतले ५० रन बनाउँदा सकिलले ५२ बलमा ७ चौका प्रहार गर्दै ५२ रन बनाए । 

त्यसैगरी, शदब खानले ४३ तथा मोहम्मद रिजवानले ३० रन बनाए । 

पाकिस्तानलाई दबावमा राख्न अफ्रिकी बलर तब्राईज साम्सीले ४ तथा मर्काे जनसेनले ३ विकेट लिए । त्यसैगरी, गेराल्ड कोइटजीले २ विकेट लिईदा लुङ्गी नागीदिले १ विकेट लिए । 

खेल भारतको चेन्नाईमा भइरहेको छ ।

जारी विश्वकपमा ४ खेल जितेको दक्षिण अफ्रिका तालिकाको दोश्रो स्थानमा छ । ५ खेल खेलेको पाकिस्तानले हालसम्म २ खेल मात्र जित्न सफल भएको छ । पाकिस्तान तालिकाको छैटौं स्थानमा छ ।

तालिकाको पहिलो स्थानमा भने आयोजक भारत रहेको छ । भारतले ५ खेल खेल्दा ५ वटै खेल जितेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved