नेपाललाई १० वर्षपछि टि २० विश्वकपमा पुनरागमनको अवसर, आजदेखि छनौट खेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2023 | 08:25:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज कार्तिक १३ गते देखि टि २० विश्वकप एसिया क्वालिफायर फाइनल प्रतियोगिता सुरु भएको छ ।  टि २० विश्वकप एशिया छनौटको रुपमा रहेको यो प्रतियोगिता काठमाडौँ मै हुँदै छ। यहि प्रतियोगिताबाट नेपालले सन् २०२४ को विश्वकप खेल्छ कि खेल्दैन थाहा हुन्छ ।

 यस प्रतियोगितामा ८ टिम सहभागी छन् । ८ टिमलाई हरेक समुहमा ४ टिम हुने गरि २ वटा समुहमा विभाजन गरिएको छ । नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपाल सहित मलेशिया, ओमान र सिङ्ग[पुर् छन् । समुह बि मा युएई, हंगकंग, कुवेत र बहराइन छन् । हरेक टिमले आफ्नो समुहमा रहेका हरेक टिमसँग १ खेल खेल्ने छ । यसरी हरेक टिमले समुह चरणमा ३ खेल खेल्ने छ । ३ खेल पछि समुह बिजेता र समुह उप बिजेता दोस्रो चरण अर्थात् सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनलको विजेताले टि २० विश्वकप खेल्न पाउने छन् । सेमिफाइनलमा समुह ए को बिजेताले समुह बि को उपविजेतासंग खेल्ने छ । त्यस्तै समुह बि को बिजेतालेसमुह ए को उप बिजेतासंग खेल्ने छ । समुह ए का सबै खेल टियु क्रिकेट मैदानमा हुनेछ भने समुह बि को सबै खेल मुलपानी क्रिकेट मैदानमा हुने छ । पहिलो सेमिफाइनल टियुमा र दोस्रो सेमिफाइनल मुलपानीमा हुने छ ।

नेपालले कार्तिक १३ गते सिंगापुर संग, कार्तिक १४ गते मलेशियासंग र कार्तिक १६ गते ओमानसंग खेल्ने छ । तुलनात्मक रुपमा नेपालको विश्वकप खेल्ने सम्भावना बलियो देखिन्छ । प्रतियोगितामा रहेका सबै टिम मध्ये बरियतामा नेपाल शीर्ष स्थानमा छ । हाल नेपालको टि २० बरियता १६ रहेको छ । अरु सबै टिम नेपाल भन्दा पछाडी छन् । युएई १७, ओमान २०, हंगकंग २१, मलेशिया २५, कुवेत २७, बहराइन २८ र सिंगापुर ३६ औ बरियताक्रममा छन् ।

सन् २०२२ को टि २० विश्वकप छनौटमा नेपाल युएईसँग हार बेहोर्दै टि २० विश्वकप खेल्नबाट बन्चित भएको थियो  । यस पटक पनि नेपालको मुख्य प्रतिस्पर्धी युएई नै देखिन्छ  । रिजनल फाइनलमा रहेका टिम मध्ये तुलनात्मक रुपमा नेपाल , युएई, ओमान र हंगकंग बलिया टिम हुन्  । यी ४ मध्ये २ टिमले विश्वकपमा स्थान बनाउने आंकलन गरिएको छ  । 

हालै नेपालमा सम्पन्न ट्राईसिरिजमा पनि नेपाल र समुह चरणमा युएई र हंगकंग दुवै टिमलाई २ पटक नै हराएको थियो । फाइनलमा भने नेपाल युएईसँग हारेको थियो । 

आगामी टि २० विश्वकप सन् २०२४ को जुनमा हुने तय भएको छ । यो प्रतियोगिता अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गर्ने छन् । यस प्रतियोगितामा २० देशले सहभागिता जनाउने छन् । २० देश मध्ये हालसम्म १६ देशको टुंगो लागिसकेको छ । अब ४ देशको टुंगो लाग्न बाँकि छ ।

आयोजकको हिसाबमा अमेरिका र वेस्ट इन्डिजले प्रतियोगितामा स्थान बनाईसकेका छन् । त्यस्तै अघिल्लो विश्वकपको शिर्ष ८ मा परेको कारण अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्याण्ड, न्युजिल्यान्ड, पाकिस्तान, साउथ अफ्रीका र श्रीलंकाले पनि स्थान पक्का गरिसकेका छन् । टि २० बरियतामा माथि छनौट भएभन्दा बाहेकक उत्कृष्ट २ टिम बनेको आधारमा अफगानिस्तान र बंगलादेश पनि विश्वकपको लागि छनौट भईसकेका छन् । 

आईसीसीको नियम अनुसार ८ टिम क्षेत्रिय छनौट बाट निर्धारण हुने छन् । जस अनुसार अफ्रीकाबाट २ , अमेरिकाबाट १, एसियाबाट २, पूर्वी एसिया प्रसान्तबाट १ , र युरोपबाट २ टिम छनौट हुने छन् ।  युरोप छनौटबाट आयरल्याण्ड र स्कटल्याण्डले विश्वकप खेल्ने पक्का भएको छ भने पूर्वी एशिया प्रसान्तबाट पीएनजीले विश्वकप खेल्ने पक्का भएको छ । त्यस्तै अमेरिकाबाट बर्मुडाले विश्वकप खेल्ने पक्का भएको छ 

अब एसिया र अफ्रीकाको छनौट हुन बाँकि छ । नेपालले एशिया छनौटमा खेल्न लागेको हो । अफ्रीका छनौट भने नोभेम्बरमा हुने छ । 

नेपालले सन् २०१४ को टि २० विश्वकप खेलेको थियो ।  सन् २०२४ को विश्वकपमा छनौट भएमा नेपालले १० वर्षपछि टि २० विश्वकपमा पुनरागमन गर्ने छ ।  सन् २०१४ को विश्वकपमा नेपाल र बंगलादेशको समान ४ अंक रहेपनि नेट रन रेटमा पछि पर्दै नेपाल दोस्रो राउण्ड पुग्न सकेको थिएँन । २०१६, २०२१ र २०२२ मा नेपाल छनौट नै हुन सकेन । 

नेपाली टिम 

यो प्रतियोगिता खेल्ने नेपाली टिममा रोहित कुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा,  प्रतिश जिसी, विवेक यादव, सन्दिप लामिछाने, ललित नारायण राजवंशी र विनोद भण्डारी रहेका छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved