अर्ना बियरले पहिलो खेलबाट खेलाडीलाई दिने भयो ६ लाख ७६ हजार, कुन खेलाडीलाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2023 | 01:27:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्ना वियरले टी-२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरे अनुसार पहिलो खेलमा कुल ६ लाख ७६ हजार खर्च गर्ने देखिएको छ। बलिंगतर्फ कुल २ लाख ९४ हजार र ब्याटिंग तर्फ कुल ३ लाख ८२ हजार गरि कुल ६ लाख ७६ हजार खर्च गर्ने देखिएको हो ।

अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको थियो । त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो । सोहि घोषणा अनुसार खेलाडीहरुले कुल ६ लाख ७६ हजार पाउने भएका हुन्। जस अनुसार कुशल भुर्तेलले सर्वाधिक १ लाख ९४ हजार पाउने भएका छन् । अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो ।

हेर्नुस् कुन खेलाडीले कति पाउछन् ?

कुशल भुर्तेल - १ लाख ९४ हजार (७४ रन, ८ चौका , २ छक्का) 

आशिफ शेख : ६७ हजार (२७ रन, २ चौका , १ छक्का) 

रोहित पौडेल : ९५ हजार  (३५ रन, २  चौका , २ छक्का) 

कुशल मल्ल : २६ हजार ( ६ रन, ०  चौका , १ छक्का) 

करण केसी : ६१ हजार ( ११ डट बल , ० मेडन, २ विकेट) 

सोमपाल कामी : १३ हजार ( १३ डट बल , ० मेडन, ०  विकेट) 

अविनाश बोहरा : ९४ हजार ( ९ डट बल , १  मेडन, ३  विकेट) 

सन्दिप लामिछाने : ६३ हजार ( १३ डट बल , ० मेडन, २ विकेट) 

गुलशन झा : ६३ हजार ( १३ डट बल , ० मेडन, २ विकेट) 

आजको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिंग गरेको सिंगापुरले २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । नेपालले १६.२ ओभरमा २ विकेटको क्षतिमा १४७ रन बनाउदै सिंगापुरले दिएको लक्ष्य भेट्टाएको हो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved