अर्ना बियरले खेलाडीलाई रन आउट, स्टम्पीङ र क्याचको पनि नगद प्रोत्साहन दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 10:40:22 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्ना वियरले टी-२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि घोषणा गरेको नगद पुरस्कारको नियममा परिमार्जन गरेको छ । अब अर्ना बियरले रन आउट, स्टम्पीङ , क्याचको पनि नगद प्रोत्साहन दिने छ ।

जस अनुसार हरेक क्याचको लागि खेलाडी (बलर बाहेक ) ले २५ हजार पाउने छन् । बलरले नै क्याच लिएमा भने उसले विकेटको मात्र नगद पाउने छ । त्यस्तै रन आउट र स्टम्पीङ गर्ने खेलाडीले पनि २५ हजार पाउने छ ।  त्यस्तै खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ अर्नाले दिने छ।

त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने अर्नाले जनाएको छ। विकेट लिएको बललाई भने डट बल नमानिने अर्नाले जनाएको छ। अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो । 

टी–२० विश्वकपको एसिया छनोट सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपालले पहिलो खेलमा सिंगापुरलिई हराएको थियो । आज नेपालले मलेशियासँग खेल्दै छ  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved