एक खेल अगावै नेपाल सेमिफाइनलमा प्रवेश, सेमिफाइनल जिते टि २० विश्वकप खेल्ने पक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 04:46:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टि २० विश्वकप एशिया छनौटको सेमिफाइनलमा प्रवेश गरेको छ। आज मलेशियालाई पराजित गरेसंगै नेपालले समुह चरणको एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको हो 

आजको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको मलेशियाले ९ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । नेपालको लागि अविनाश बोहराले सर्वाधिक ४ विकेट लिएका थिए। त्यस्तै सन्दिप लामिछाने, गुलशन झा र रोहित पौडेलले समान १/१ विकेट लिएका थिए 

१६६ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य ४ विकेटको क्षतिमा १८ ओभरमा भेट्टायो । नेपालको लागि कुशल मल्लले ३४ बलमा ६५ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २५ बलमा ४३ रन बनाए। आशिफ शेखले २३ बलमा ३२ रन बनाउँदा सन्दिप जोराले १६ बलमा १८ रन बनाए । 

अब नेपालले समुह चरणको अन्तिम खेल बिहिबार ओमानसँग खेल्ने छ । ओमान र नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । यो खेल जित्ने टिम समुह बिजेता बन्ने छ । 

नेपाल र ओमान समुह ए मा रहेका छन् । सेमिफाइनलमा समुह ए को समुह बिजेताले समुह बि को उपविजेतासँग खेल्ने छ । त्यस्तै समुह ए को उप बिजेताले समुह बिको बिजेतासँग खेल्ने छ । समुह बिमा युएई , बहराइन , हंगकंग र कुवेत छन् । 

सेमिफाइनलमा जित्ने २ टिमले सन् २०२४ मा हुने टि २० विश्वकप खेल्न पाउने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved