सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने पक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2023 | 09:20:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने पक्का भएको छ ।  सन् २०३४ को विश्वकप आयोजनाको लागि दाबी गरिसक्नु पर्ने समयमा साउदी अरेबियाको मात्र दाबी परेपछि उसले विश्वकप आयोजना गर्ना पक्का भएको हो । 

फिफाले सन् २०३४ को आयोजकको लागि एसिया र ओसियानाबाट मात्र दाबी गर्न सक्ने निर्णय गरेको थियो । ओसियानाबाट अष्ट्रेलियाले पनि दाबी गर्दै आएको थियो । तर अन्तिम समयमाअष्ट्रेलियाले दाबी नगर्ने निर्णय गरेको हो । साउदीको एकल प्रस्ताव परेपछि उसले सन् २०३४ को विश्वकप आयोजना गर्ने निश्चित भएको छ । तर फिफाले यसबारे औपचारिक निर्णय भने गर्न बाँकि छ ।  ब्यापक गर्मी हुने कारण सन् २०२२ मा जस्तै सन् २०३४ को विश्वकप पनि जाडोयाममा  हुने सम्भावना छ। 

सन् २०३० को विश्वकप हालसम्म कै अनौठो 

सन् २०३० को फिफा हालसम्म कै अनौठो हुने भएको छ । फिफा काउन्सिलले सन् २०३० को विश्वकप ६ देशले आयोजना गर्ने निर्णय गरेसंगै सन् २०३० को प्रतियोगिता हालसम्म कै अनौठो हुने भएको हो ।

फिफा काउन्सिलको निर्णय अनुसार मोरोक्को, पोर्चुगल र स्पेन सन् २०३० को प्रतियोगिताको मुख्य आयोजक रहने छन् । त्यस्तै युरुग्वे, अर्जेन्टिना र पाराग्वे पनि विश्वकपको आयोजक रहने छ । यो आफैमा पनि अनौठो हो किनभने आयोजक नै ३ महादेशका हुने छन् । मोरोक्को अफ्रीका महादेशको हो भने पोर्चुगल र स्पेन युरोप महादेशको हो । त्यस्तै युरुग्वे, अर्जेन्टिना र पाराग्वे दक्षिण अमेरिकी महादेशका हुन् ।

फिफाका अनुसार उद्घाटन  खेल युरुग्वेमा हुने छ । पहिलो विश्वकपको सन् १९३० मा युरुग्वेमा भएको थियो । सन् २०३० मा विश्वकप सुरु भएको १०० वर्ष पुग्ने छ । सोहि कारण १०० वर्ष पुगेको अवसरमा जहाँबाट विश्वकप सुरु भएको थियो , १०० वर्षपछिको पहिलो प्रतियोगिता पनि त्यहि गर्ने फिफाले निर्णय गरेको थियो । पहिलो विश्वकप आयोजक र पहिलो विजेताको सम्मानमा सन् २०३० को पहिलो खेल युरुग्वेमा गर्ने फिफाको तयारी छ। सन् १९३० को पहिलो प्रतियोगिताको फाइनलमा युरुग्वेसँग अर्जेन्टिना भिडेको थियो । सोहि कारण पहिलो प्रतियोगिताको उपविजेताको सम्मानमा दोस्रो खेल अर्जेन्टिनामा हुने छ । तेस्रो खेल पाराग्वेमा हुने छ ।  दक्षिण अमेरिकी फुटबल संघ पराग्वेमा जन्मिएकोले त्यसको सम्मान स्वरुप सन् २०३० को विश्वकपको तेस्रो खेल त्यहाँ गर्न प्रस्ताव गरिएको छ । बाँकि खेल भने मोरोक्को, पोर्चुगल र स्पेनमा हुने छ । मोरोक्को, पोर्चुगल र स्पेन नै सन् २०३० को मुख्य आयोजक हुने छन् । यसो हुँदा इतिहास मै पहिलो पटक सन् २०३० को विश्वकपको लागि आयोजकको नाताले ६ देश स्वत छनौट हुने छन् । 

सन् २०२६ को विश्व कप भने अमेरिका मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्ने छन्  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved