डिशहोमले पनि गर्‍यो खेलाडीलाई पुरस्कार घोषणा, शतक बनाउनेलाई १० लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2023 | 03:17:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा जारी आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोमले खेलाडीका लागि पुरस्कार घोषणा गरेको छ । बुधबार डिशहोमको डिशहोम फाइबर नेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित पुरस्कार घोषणा गरेको हो।

पुरस्कार अन्तर्गत आगामी खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ पाउनेछन् । त्यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको छ । 

एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको छ । जारी छनोट खेलमा नेपालले सेमिफाइनलमा स्थान बनाइसकेको छ। सेमिफाइनल जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ।

यस अघि अर्ना वियरले पनि खेलाडीका लागि पुरस्कार घोषणा गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved