
नेपाल आईसीसी टी–२० आई विश्वकपमा छनोट भएमा नोबेल मेडिकल कलेजले एकमुष्ट रुपमा १५ लाख पुरस्कार दिने घोषणा गरेको छ । यो पुरस्कार राष्ट्रिय टिमलाई प्रदान गरिने मेडिकल कलेजले जनाएको छ ।
सेमिफाइनलमा जित हात पारे नेपाल आईसीसी टी–२० आई विश्वकपमा छनोट हुनेछ । नेपाल सेमिफाइनलमा पुगिसकेको छ ।
यदि प्रतियोगिताको फाइनल खेलसमेत जितेमा एकमुष्ट २० लाख रुपैयाँ उपलब्ध गराउने कलेजका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसअघि आजै डिशहोमले पनि पुरस्कार राशी घोषणा गरेको छ। अर्ना वियरले यसअघि देखि नै खेलाडीलाई पुरस्कार घोषणा गर्दै आएको छ ।