
ओमनविरुद्ध नेपालले १४६ रनको टार्गेट पाएको छ । टस हारेर ब्याटिंगको निम्तो पाएको ओमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको हो ।
जहाँ ओमनका कप्तान जिशन मगसुडले ३२ रङ बनाए ।
यता नेपलाका करण केशीले ३ विकेट लिए भने सोम्पाल कामि र सन्दीप लामिछानेले समन २/२ विकेट लिए । त्यसैगरी गुल्सन झा र अभिनास बोहोराले समान १/१ विकेट लिए ।
टि २० विश्वकप एशिया छनौटमा आज बिहिबार कीर्तिपुरको टीयू ग्राउण्डमा खेल भइरहेको छ ।
यी दुई टोली ओमन र नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । यो खेल जित्ने टिम समुह बिजेता बन्ने छ ।
नेपाल र ओमन समुह ए मा रहेका छन् । सेमिफाइनलमा समुह ए को समुह बिजेताले समुह बि को उपविजेतासँग खेल्ने छ । त्यस्तै समुह ए को उप बिजेताले समुह बिको बिजेतासँग खेल्ने छ । समुह बि मा युएई , बहराइन , हंगकंग र कुवेत छन् ।
सेमिफाइनलमा जित्ने २ टिमले सन् २०२४ मा हुने टि २० विश्वकप खेल्न पाउने छ ।