५ रनले हार्यो नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2023 | 12:30:27 PM मा प्रकाशित

laxmi  sunrise bank

ओमानले नेपाललाई ५ रनले हराएको छ । विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा ओमानले दिएको १४६ रनको टार्गेट पछ्याउने क्रममा नेपाल १४० रनमा अल आउट भयो ।

टस हारेर ब्यटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । ओमानका कप्तान जिशन मगसुडले ३२ रन बनाए । 

यता नेपालका करण केशीले ३ विकेट लिए भने सोमपाल कामि र सन्दीप लामिछानेले समान २/२ विकेट लिए ।  त्यसैगरी गुल्सन झा र अभिनास बोहोराले समान १/१ विकेट लिए । 

ब्याटिङतर्फ नेपालका ओपनर आशिफ शेख ५ रनमा नै आउट भए । भरपर्दा ब्याट्सम्यान कुशन भुर्तेल पनि २६ रनमा आउट भएपछी नेपालमाथि दवाव सुरु भएको थियो । लगातार विकेट झरीरहेको नेपालको पारी बिबेक यादवले केहि सम्हाल्न खोजे पनि त्यो जितमा परिणत हुन भने सकेन । यादव ३९ रन बनएर आउट भए ।

टि २० विश्वकप एशिया छनौटमा आज बिहिबार कीर्तिपुरको टीयू ग्राउण्डमा भएको हो । 

यी दुई टोली ओमान र नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । यो खेल जितेसंगै ओमान समुह बिजेता बनेको छ । नेपाल उपविजेता बनेको छ ।

सेमिफाइनलमा समुह ए को समुह बिजेताले समुह बि को उपविजेतासँग खेल्ने छ । त्यस्तै समुह ए को उप बिजेताले समुह बिको बिजेतासँग खेल्ने छ । समुह बि मा युएई, बहराइन, हंगकंग र कुवेत छन् । 

सेमिफाइनलमा जित्ने २ टिमले सन् २०२४ मा हुने टि २० विश्वकप खेल्न पाउने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved