हङकङसँग बिर्सनलायक हारसँगै नेपाल टी–२० सिरिजको फाइनल पुग्न असफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2023 | 02:00:23 PM मा प्रकाशित

laxmi  sunrise bank

४ देश सम्मिलित महिला टी–२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । बिहीबार घरेलु टिम हङकङसँग ९ विकेटको फराकिलो हारसँगै नेपाल फाइनल पुग्न असफल भएको हो ।

आजको खेलमा नेपाललाई हराएसँगै लगातार दुई खेलमा जित निकाल्दै हङकङ फाइनल पुगेको छ । तान्जानिया पनि दुई जितसहित फाइनलमा पुगेको छ । अन्तिम खेलअघि नै नेपाल र जापान फाइनलमा पुग्नबाट असफल भएका छन् ।

आज भएको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिम हङकङविरूद्ध कमजोर ब्याटिङ गर्यो । नेपालले हङकङलाई जम्मा ५७ रनको मात्रै लक्ष्य दियो । नेपाल दिएको झिनो लक्ष्य हङकङले ९ ओभरमै १ विकेट गुमाएर भेट्टायो ।

टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रनमा अलआउट भएको थियो । 

यसअघि बुधबार तान्जानियासँगको पहिलो खेलमा नेपाल २७ रनले पराजित भएको थियो।

अब नेपालले लिगको अन्तिम खेल जापानसँग मंसिर २ गते खेल्नेछ।

शीर्ष २ मा रहनेले उपाधिका लागि खेल्नेछ भने बाँकी २ टिमले तेस्रो स्थानका लागि खेल्नेछन् । नेपालले लिग चरणको खेलमा जापानसँग खेलेपछि फेरि जापानसँगै तेस्रो स्थानका लागि खेल्नेछ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved