फिफा विश्वकप छनौटमा युएईसँग फराकिलो अन्तरले हार्‍यो नेपाल, अब पाँच खेलको भर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2023 | 12:19:59 AM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकप फुटबल २०२६ अन्तर्गतको एसिया छनौटको दोश्रो चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ। बिहिबार राति दुवईमा भएको समुह एच अन्तर्गतको  खेलमा नेपाल घरेलु टोलि युएईसँग ४ गोलको अन्तरले पराजित भएको हो। 

नेपालले पहिलो हाफमै चार गोल खाएको हो। खेल सुरु भएको पहिलो ११ एघार मिनेटमा नै नेपालले गोल खाएको हो। त्यसपछि खेलको ३६ मिनेट, ४४ औं मिनेट र पहिलो हाफको थपिएको समयमा गरि नेपालले पहिलो हाफमा नै चार गोल खाएको हो। 

विश्वकप छनोटको दोस्रो चरणको खेलमा प्रत्येक समूहका टोलीले एकअर्कासँग ‘होम’ एन्ड ‘अवे’ का आधारमा एक-एक खेल खेल्नेछन् । त्यसपछि प्रत्येक समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ। छनौट हुनका लागि नेपाल अबका बाँकी खेलमा निर्भर रहनेछ। पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो। 

नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ। पाँच दिनपछि नेपालले दोस्रो खेल घरेलु मैदानमै खेल्नेछ। नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ। नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ।

नेपालले अब यूएईसँग घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ । नेपालको समूहमा यूएईका अतिरिक्त यमन र बहराइन पनि रहेका छन् । विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपालले दोस्रो चरणको खेल खेल्ने अवसर पाएको हो । फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved