विश्वकप फाइनल: भारतले अष्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2023 | 06:21:17 PM मा प्रकाशित

laxmi sunrise bank

एक दिवसीय क्रिकेट विश्वकप २०२३ को फाइनल खेलमा भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा अल आउट हुँदै २४० रन बनाएको हो । 

भारतको लागि केएल राहुललेसर्वाधिक ६६ रन बनाए भने वीरत कोहलीले ५४ तथा रोहित शर्माले ४७ रन बनाए ।  सुर्य कुमार यादवले १८ रन बनाए भने कुलदिप यादवले १० रन बनाए ।  अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । 

अष्ट्रेलियाको लागि मिसेल स्टार्कले सर्वाधिक ३ तथा प्याट कुमिन्स र जोस हेजलवुडले समान २-२ विकेट लिए । 

फाइनल खेल गुजरातको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा भईरहेको छ । १ लाख ३० हजार जना क्षमताको यो रंगशाला विश्व कै ठूलो रंगशाला हो 

आजभन्दा २० वर्ष अघि अर्थात् सन् २००३ को विश्वकप फाइनलमा पनि यी दुई टिम उपाधिको लागि खेलेका थिए । त्यस समय अष्ट्रेलियाले भारतलाई १२५ रनले पराजित गरेर उपाधि जितेको थियो 

आज मैदान उत्रदा भारत त्यस खेलको बदला लिने लक्ष्यका मैदान उत्रने छ। २००३ को फाइनल खेल खेलेका भारतका राहुल ड्राभिड हाल भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक छन्। 

यस अघि भारतले सन् २०११ मा घरेलु भूमि मै श्रीलंकालाई हराएर दोस्रो पटक एक दिवशीय क्रिकेट विश्वकपको उपाधि जितेको थियो । त्यस समय भारतको कप्तान महेन्द्र सिंह धोनी थिए । घरेलु भूमिमा विश्वकप जित्ने पहिलो टिम बनेर बह्रतले इतिहास रचेको थियो  

अब १२ वर्षपछि भारत फेरी उपाधि जित्ने दाउमा छ । यस पटक भारतीय टिमका कप्तान रोहित शर्मा रहेका छन् । सन् २०११ को विश्वकपको लागि उनी टिम मै परेका थिएनन् । अब भने उनी उपाधिबाट एक खेल मात्र टाढा छन्  भारतले जारी विश्वकपमा कुनै पनि खेल हारेको छैन । भारतले समुह चरणको सबै खेल जितेको थियो भने सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गरेको थियो 

अष्ट्रेलिया पनि उत्कृष्ट लयमा छ । समुह चरणको सुरुको २ खेल हुँदा अंक तालिकाको पुछारमा रहेको अष्ट्रेलिया त्यसपछिका सबै ८ खेल जित्दै फाइनल पुगेको हो । 

आइतबारको फाइनल भारतले जितेमा यो भारतको तेस्रो उपाधि हुने छ भने अष्ट्रेलियाले जितेमा अष्ट्रेलियाको छैठौ उपाधि हुने छ । भारतले १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । अष्ट्रेलियाले भने १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved