अष्ट्रेलिया बन्यो २० वटा क्रिकेट विश्वकपको उपाधि जित्ने पहिलो देश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2023 | 10:06:29 PM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियाले छैठौ पटक एक दिवशीय पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले छैठौ पटक उपाधि जितेको हो ।

यस संगै अष्ट्रेलिया महिला र पुरुष गरि २० पटक विश्वकपको उपाधि जित्ने पहिलो देश बनेको छ । एक दिवशीय र टि २० क्रिकेटमा अष्ट्रेलियाको महिला र पुरुष विश्वकपको कुल उपाधि संख्या २० पुगेको हो ।

अष्ट्रेलियाको कुन टिमले कहिले कुन विश्वकपको उपाधि जित्यो ?

पुरुष टिमले जितेको एक दिवशीय विश्वकपको उपाधि : सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७, सन् २०१५, र सन् २०२३ 

पुरुष टिमले जितेको टि २० क्रिकेट विश्वकपको उपाधि : सन् २०२१ 

महिला टिमले जितेको एक दिवशीय विश्वकपको उपाधि : सन् १९७८, सन् १९८२, सन् १९८८, सन् १९९७, सन् २००५, सन् २०१३ र सन् २०२२ 

महिला टिमले जितेको टि २० क्रिकेट विश्वकपको उपाधि : सन् २०१०, सन् २०१२, सन् २०१४, सन् २०१८, सन् २०२० र सन् २०२३ 

 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved