अब आउने विश्वकपमा हुनेछन् १४ टिम, नेपालको खेल्ने सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2023 | 10:31:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलियाले उपाधि जितेसंगै सन् २०२३ को एक दिवशीय क्रिकेट विश्वकप सकिएको छ । अब अर्को एक दिवशीय विश्वकप सन् २०२७ मा हुने छ । सन् २०२७ को विश्वकप साउथ अफ्रीका र जिम्बावेले संयुक्त रुपमा आयोजना गर्ने छन् । 

सो विश्वकपमा १४ टिम सहभागी हुने छन् ।  ति मध्ये २ टिम आयोजक हुन् ।  त्यसपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको मितिमा एक दिवसीय क्रिकेट बरियतामा शिर्ष ८ रहेका टिम विश्वकपको लागि सोझै सहभागी हुने छन् । यसरि कुल १० टिम छनौट हुने छन् । 

अब बाँकि ४ टिम भने ग्लोबल छनौटबाट छनौट भएर आउनेछन् ।  ग्लोबल छनौटमा १० टिमले सहभागिता जनाउने छन् । ग्लोबल छनौटको शिर्ष ४ स्थानमा रहने टिम विश्वकपको लागि छनौट हुने छन् । 

ग्लोबल छनौटमा १० टिमले सहभागिता जनाउने छन् । २ टिम एक दिवशीय क्रिकेट बरियताको ९ औ र १० औ स्थानमा रहने टिम हुने छन् ।  लिग २ को शिर्ष स्थानमा रहने ४ टिमले पनि ग्लोबल छनौट खेल्ने छन् । बाँकि ४ टिम भने क्वालिफायर प्ले अफको शिर्ष ४ स्थानमा रहने टिम आउने छन् । 

क्वालिफायर प्ले अफमा ६ टिम हुने छन् । जसमा लिग २ को छैठौदेखि आठौ स्थानमा रहने टिम हुने छन् । र  च्यालेन्ज लिगको शिर्ष २ मा रहने २ टिम हुने छन् । 

नेपालको खेल्ने सम्भावना कति ?

नेपालले लिग २ खेल्ने छ। नेपाल संगै क्यानाडा, नामिबिया, नेदरल्यान्ड, ओमान, स्कटल्याण्ड, युएई, र अमेरिका गरि कुल ८ टिम हुने छन् । लिग २ को शिर्ष ४ मा परे नेपालले सिधै ग्लोबल छनौट खेल्न पाउने छ । र ग्लोबल छनौटको शिर्ष ४ मा परे नेपालले विश्वकप खेल्न पाउने छन् । 

यदि नेपाल लिग २ को शिर्ष ४ मा पर्न नसके नेपालले  क्वालिफायर प्ले अफ खेल्नु पर्छ ।   क्वालिफायर प्ले अफको शिर्ष ४ मा परे नेपालले ग्लोबल छनौट खेल्न पाउने छ । र ग्लोबल छनौटको शिर्ष ४ मा परे नेपालले विश्वकप खेल्न पाउने छन् । 

सन् २०२३ को विश्वकप छनौटको लागि पनि यहि छनौट प्रणाली प्रयोग भएको थियो । जसमा नेपालले ग्लोबल छनौट खेलेको थियो । यस पटक ग्लोबल छनौटबाट २ टिम विश्वकपको लागि छनौट हुने व्यवस्था थियो । जसबाट नेदरल्याण्ड र श्रीलंका विश्वकपको लागि छनौट भएका थिए । सन् २०२७ मा भने ग्लोबल क्वालिफायरबाट ४ टिम विश्वकपको लागि छनौट हुने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved