३ शतक बनाएका कोहली बने विश्वकपको उत्कृष्ट खेलाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2023 | 10:39:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२३ को एक दिवशीय विश्वकपको उत्कृष्ट खेलाडी भारतका विराट कोहली बनेका छन् । उनले 'प्लेयर अफ द टुर्नामेन्ट' अवार्ड जितेका हुन् । 

कोहलीले ११ खेलमा सर्वाधिक ७६५ रन प्रहार गरेका हुन् । उनले पहिलो खेलमा ८५ रन, दोस्रो खेलमा ५५ रन , तेस्रो खेलमा १६ रन, चौथो खेलमा १०३ रन, पाचौ खेलमा ९५ रन, छैठौ खेलमा शुन्य रन, सातौ खेलमा ८८ रन, आठौ खेलमा १०१ रन, ९ औ खेलमा ५१ रन, सेमिफाइनलमा ११७ रन र फाइनलमा ५४ रन बनाएका थिए । उनले १ विकेट पनि लिएका थिए ।

कोहलीले उत्कृष्ट खेलाडीको अवार्ड जितेपनि फाइनल खेल भने अष्ट्रेलियाले जितेको छ । अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved