
क्रिकेट विश्वकपको फाइनलमा खेलेका भारत र अष्ट्रेलियाबीच ३ दिनपछि फेरी क्रिकेट खेल हुँदै छ। ३ दिन अर्थात् आगामी बिहिबार देखि भारत र अष्ट्रेलियाबीच भारत मै टि २० अन्तराष्ट्रिय सिरिज हुन लागेको हो ।
यी २ देशले ५ वटा टि २० खेल खेल्ने छन् । जसको पहिलो खेल बिहिबार अर्थात् नोभेम्बर २३ तारिखमा हुने छ । दोस्रो खेल नोभेम्बर २६ मा, तेस्रो खेल नोभेम्बर नोभेम्बर २८, चौथो खेल डिसेम्बर १ र पाचौ खेल डिसेम्बर ३ मा हुने छ ।
आइतबार अष्ट्रेलियाले भारतलाई हराउदै कीर्तिमानी छैठौ पटक एक दिवशीय किक्रेट खेलको उपाधि जितेको थियो।