कोरोना कहरमा जन्मिएको 'भ्याक्सिनो', अब विदेश पुर्याउने योजना

सीता बुढाथोकी

सीता बुढाथोकी

Sep 13, 2023 | 10:41:05 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व कै महान लगानीकर्ता वारेन बफेटले भनेका छन् 'अरु लोभी भएको बेला डराउनु पर्छ र अरु डराएको बेला आफू लोभी हुनुपर्छ।’ उनको आशय थियो कि सबै डराएको अर्थात् संकटको बेलामा अवसर छ। 

'भ्याक्सिनो' एउटा यस्तै व्यवसाय हो, जुन कोरोना कहरले निम्त्याएको संकटको बेला अवसर देखेर सुरु भएको हो। कोरोनाको कारण भएको लकडाउनले गर्दा अन्य सबैजसो व्यवसाय ठप्प हुँदा प्रकाश प्रधानले 'भ्याक्सिनो' ब्राण्ड मार्फत कपडा व्यवसाय सुरु गरेका हुन्। अहिले उनको परिचय बनेको छ 'भ्याक्सिनोका संस्थापक' ।

सानै देखि ब्यापारमा रुची राख्ने प्रधानले १२ कक्षापछि आफ्नो औपचारिक शिक्षा पनि टुंग्याए र व्यवसायमा होमिए । उनले २० वर्ष रेडिमेट कपडा पसलमा काम गरे । त्यसपछि क्यापसुल लाइन भन्ने एउटा ब्राण्डमा पार्टनरशिपमा व्यवसाय गरे । यहि क्षेत्रको लामो अनुभवपछि कपडाको सम्पूर्ण जानकारी भएकोले उनलाई आफ्नै ब्राण्ड जन्माउने हुटहटी चल्यो । अन्तत:  क्यापसुल लाइनबाट निस्किएर उनले भ्याक्सिनो सञ्चालन गरे । “कपडा सम्बन्धि सम्पूर्ण जानकारी छदै थियो । आफ्नो नाम आएपछि आफ्नो पहिचान पनि बन्छ भन्ने सोचेर भ्याक्सिनो सञ्चालन गरेको हो,” उनी भन्छन् । 

उनले २०७८ सालमा २ करोड लगानीमा 'भ्याक्सिनो' ब्राण्डको कपडा नेपाली बजारमा ल्याएका हुन् । उनी यसलाई स्वदेशी ब्राण्ड बनाएर कपडा उत्पादन गरिरहेका छन् । आफ्नो ब्राण्डको नाम ‘भ्याक्सिनो’ राख्नुको पछाडी पछि रोचक कारण छ । राम्रो नामको खोजि गर्ने क्रममा धेरै समय लागेको र अन्त्यमा ‘भ्याक्सिनो’ जुरेको प्रधानले बताए ।


“ नाम जुराउन धेरै कोसिस गरें, तर राम्रो नाम पाउन गाह्रो हुँदो रहेछ । त्यतिबेला कोरोना भाइरस देशभरि फैलिएको थियो,” उनी भन्छन्, “ कोभिडको समयमा खोलेको त्यहि सँग सम्बन्धित नाम राख्नुपर्यो भनेर कोभिडको भ्याक्सिनबाट भ्याक्सिनो नाम राखेको हो ।” 

अहिले भ्याक्सिनोमा पुरुषका कपडाहरु मात्र उपलब्ध छन् । जिन्स र कटनका विभिन्न उत्पादन, ज्याकेट, सर्ट, टी–सर्ट, ब्लेजर, टाउजर, पेटी लगाएतका कपडाहरु उपलब्ध छन् । भ्याक्सिनो कपडाहरु विदेशी ब्राण्डका कपडाको तुलनामा ५० प्रतिशत सस्तोमा आफूले उपलब्ध गराइरहेको प्रकाश बताउछन् ।

भारत र चीनबाट उत्पादन गरेर ल्याएर नेपाली बजारमा बिक्री गरिरहेकोले सबै कपडाहरु गुणस्तरीय रहेको उनले बताए। नेपालमा पनि उनको कपडा उत्पादन हुन्छ। भ्याक्सिनोमा जुत्ता, चम्पल र मोजा बाहेक पुरुषले लगाउने सम्पूर्ण कपडाहरु उपलब्ध छन् । भ्याक्सिनो ब्राण्डमा ग्राहकहरुले आफुले चाहेजस्तो अन्तराष्ट्रिय स्तरका कपडा पाउने भएकाले यो अरु भन्दा बेग्लै ब्राण्ड भएको उनी बताउछन् । कपडाको शो रुम असनको ‘नेपा कम्प्लेक्स’को चौथो तलामा रहेको छ । जहाँ ७ सय देखि १७ हजार सम्मका कपडाहरु उपलब्ध छन् । व्यवसायमा आफ्ना परिवारका छोरा छोरी र श्रीमतीले पनि साथ दिएकाले उनलाई काम गर्न हौसला बढेको छ । 

मन्दिले मारमा

 अहिले आर्थिक मन्दिको असर सम्पूण क्षेत्रमा परेको छ । कुनैपनि क्षेत्रमा व्यापार छैन । भ्याक्सिनोमा पनि यसको असर परेको छ । व्यापार ८० प्रतिशतले ठप्प भएको उनले बताए । “बजारमा ग्राहक नै छैनन्, कस्ले किन्थ्यो र ग्राहक नभएपछि त्यसैले व्यापार ठप्प छ,” उनले भने ।

आफैले सबैकुरा जानेको हुनाले विदेशी ब्राडहरुसँग सहजै प्रतिस्पर्दा गर्न सकेको र प्रतिस्पर्धा गर्न धेरै गाह्रो नभएको उनले बताए । उनका अनुसार नेपाली ब्राण्ड प्रति ग्राहकहरुको विश्वास  बढ्दै गएको छ । “ग्राहकलाई चाहिने भनेको गुणस्तर र मूल्य हो । हामी सँग त्यो दुई वटै छ त्यसकारण पनि छिट्टै ग्राहकको मन जित्न सफल भएका छौँ,” उनले भने । भ्याक्सिनोमा एक पटक आएका ग्राहकहरु दोहोर्याएर धेरै पटक आउने गरेका उनी सुनाउछन्। २ करोडमा सुरु गरेको व्यवसायको आक्रार अहिले ५ करोड पुगेको उनी बताउछन् ।




विदेशमा ब्राण्ड लैजाने योजना

प्रकाश हाल आफ्नै ब्राण्डलाई कसरी उचाईमा पुर्याउने भनेर लागिरहेका छन् । यो ब्राण्डलाई नेपालभर कसरी फैलाउन सकिन्छ भन्ने विषयमा सोचिरहेको र नेपालसँगै भारतमा पनि पठाउने तयारी भईरहेको उनले बताए । 

 “अहिले नेपाली बजारमा मात्र सिमित छौ । अब बिस्तारै वेबसाइट बनाएपछि विदेशी बजारहरुसम्म पुर्याउने मेरो योजना छ । विगत १ वर्ष देखि यहि काममा लागेको छु । अब चाडै सफल हुन्छौ ,” उनले भने । माग कत्तिको आउछ त्यहि हिसाबले चल्ने प्रकाशको योजना रहेको छ । 

हाल भ्याक्सिनोमा पुरुषका मात्र रेडिमेट कपडाहरु पाइन्छन् । २ बर्ष पछि महिलाहरुका लागि पनि रेडिमेट कपडाहरु ल्याउने योजनामा प्रकाश छन्।

उद्यमशीला एपिसोड १ : दुई साथीको 'देसना' अचारले १५ गृहिणीलाई बनायो उद्यमी, दुई लाखलाई जोड्ने योजना

उद्यमशीला एपिसोड २  आमाको रेसिपीबाट जन्मिएको ‘जिम्बु थकाली’ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved