पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, अब कसले कति पाउँछन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2023 | 04:07:18 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन मजदुरुको पारिश्रमिक बढेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले नयाँ पारिश्रमिक निर्धारण गरेको हो । टानका महासचिव विनोद सापकोटाले बढेको पारिश्रमिक साउन १ गतेदेखि लागू हुने बताएका छन् । 

बढेको पारिश्रमिक अनुसार पथ प्रदर्शकका रुपमा खटिने पर्यटन मजदुरले दैनिक ३१ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । 

त्यस्तै, सहायक गाइडको पारिश्रमिक प्रतिदिन २८ सय पुगेको छ । सहयोगी श्रमिक मजदुर (पोर्टर)को पारिश्रमिक प्रतिदिन २४ सय रुपैयाँ पुगेको छ । पर्यटक मजदुरको पारिश्रमिक २०७५ मंसिर यता बढेको थिएन । ५ वर्षपछि पारिश्रमिक बढेको हो । 

विगतमा क्षेत्र अनुसार मजदूरको पारिश्रमिक पनि फरकफरक रहेकोमा अब सबै गन्तव्यका लागि समान दर लागु गरिएको छ । नेपालका सगरमाथा र अन्नपूर्ण पदमार्ग बढी व्यस्त पदयात्रा मार्ग हुन् ।

अहिले देशभर ३८ सय ट्राभल एजेन्सी दर्ता छन् । ट्रेकिङ एजेन्सीको संख्या २८ सय हाराहारी छ । देशभरीमा २० हजारको संख्यामा ट्रेकिङ गाइड छन् भने ५ हजार टुर गाइड छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved