बेलायती प्रधानमन्त्रीलाई नेपालमा आएर बिदा मनाउन निम्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2023 | 03:17:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपालमा बिदाको समयमा नेपाल भ्रमण गर्न निम्तो दिएका छन् । लण्डनस्थित एक कार्यक्रममा भेट भएका बेला बेलायती प्रधानमन्त्री सुनकलार्ए व्यवसायी गुरुङले नेपालमा बिदा मनाउन प्रस्ताव गरेका हुन् । 

कुराकानीमा बेलायती प्रधानमन्त्री सुनकले गुरुङको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटको उडान तयारीबारे भइरहेको प्रगति सोधखोज गरेका थिए । 

हिमालय जेट एयरको सचिवालयका अनुसार प्रधानमन्त्री सुनकलाई व्यवसायी गुरुङले २०२३ भित्रै हिमालय जेटले औपचारिक उडान सुरु गर्ने जानकारी गराएका थिए । सन् २०२५ बाट मन्टेकार्लो, मकाओ र लासभेगासमा व्यावसायिक उडान गर्ने लक्ष्य रहेको र यो भन्दा पहिला यहीँ वर्षबाटै नेपालका लागि सिधा चार्टर उडान गर्ने तयारी गरिएको प्रधानमन्त्री सुनकलाई जानकारी दिएका छन् । सोही क्रममा व्यवसायी गुरुङले बेलायतबाट नेपालमा सिँधा उडान सुरु हुनासाथ समय मिलाएर पशुपतिनाथको दर्शन र हिमाल अवलोकन गरेर बिदा मनाउन नेपाल आउन प्रधानमन्त्री सुनकलाई निम्तो दिएका हुन् । 

व्यवसायी गुरुङको प्रस्तावपछि जवाफ दिँदै प्रधानमन्त्री सुनकले आगामी सेप्टेम्बरमा आफू भारतको भ्रमणमा जान लागेको र त्यहीँ अवसरमा समय मिलेको खण्डमा सो प्रस्ताव अनुसार नेपाल पुग्न सक्ने संकेत गरेका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved