पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले अन्नपुर्ण आधार शिविर क्षेत्रमा पर्यटकको खोजी कार्यमा तीव्रता दिन अनुरोध गरेको छ । सो क्षेत्रमा घुम्न गएका ४ जना कोरियाली पर्यटक र ३ जना नेपाली सहयोगी तीन दिनसम्म सम्पर्क विहीन भएको भन्दै टानले खोजी कार्यलाई तीव्रता दिन भनेको हो ।
टानले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, कास्की जिल्ला प्रशासन, नेपाल प्रहरी र पर्यटन प्रहरी र अन्नपूर्ण गाउँपालिकालाई हराएकाहरुको खोजी कार्य यथाशीघ्र गर्न अनुरोध गरेको हो । बेपत्ता भएका कोरियाली नागरिकहरुमा जोङ पिल बोङ, लि मिन सु, चोइ ह्योवन र किम शोक्जा रहेका छन् । नेपालीहरुमा सरोज परियार, छिरिङ भोटे र मिनबहादुर लामा रहेका छन् ।
हिमपहिरोमा घाइते भएका चाइनिज नागरिक जाङ यीङ र सहयोगी जगदिश खत्रीलाई उद्धार गरेर पोखरा ल्याई फेवासिटी अस्पतालमा भर्ना गरिएको छ । १३० जना पदयात्रीहरुलाई उद्धार गरेर छुम्रुङ र पोखरामा सकुशल ल्याईएको छ ।
विज्ञप्तिः