एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2021 | 01:39:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ । एमाले सांसदहरूको नाराबाजीकाबीच सभामुख सापकोटाले मंगलबार बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । 

अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिएका थिए । सभामुखले दिएको समयमा नेमकिपाका सांंसद प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । 

जवाफलगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरे । बहुमत सांसदले विधेयकको पक्षमा स्वर दिएपछि सभामुखले विधेयक पारित भएको घोषणा गरे । विधेयक पारित भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ । सांसदहरू रुक्मशमशेर जबरा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित भएको हो । 

अब अर्काे बैठक २०७८ असोज ४ गते बिहान ११ बजे बस्नेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved