नेपालले एमसीसी पास गर्ने प्रतिवद्दता जनाएकोले केहि समय पर्खने एमसीसी बोर्ड बैठकको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 03:12:34 PM मा प्रकाशित

laxmi  sunrise bank

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठकले नेपालको एमसीसी परियोजनाबारे समिक्षा गरेको छ  । मंगलबार अमेरिकामा बसेको बोर्ड बैठकले नेपालको परियोजनाबारे समिक्षा गर्दै नेपालको एमसीसीको अवस्थाबारेको पछिल्लो अपडेट लिएको हो  

त्यस्तै नेपालले एमसीसी परियोजना संसदबाट अनुमोदन गर्ने प्रतिवद्दता जनाएकोले केहि समय पर्खने निर्णय निर्णय गरेको छ  । एमसीसीले यस परियोजना छिटो संसदबाट अनुमोदन गर्न दबाब दिदै आएको छ  । प्रधानमन्त्री शेर बहादुर देउवाले पनि एमसीसी संसदबाट पास गर्नु पर्ने बताउदै आएका छन्  ।  

यस अघि एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपाल आएर एमसीसीबारे विभिन्न दल तथा सरकारको आधिकारिक धारणा बुझेर फर्किएकी थिईन्। अमेरिकाले एमसीसीबारे छिटो निर्णय गर्न नेपाललाई दबाब दिदै आएको छ । नेपालले समयमा नै निर्णय नगरे सहयोग फिर्ता लैजाने चेतावनी अमेरिकाले दिने गरेको छ । 

  एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि रु ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट रु १३ अर्ब लगानी हुनेछ ।

एमसीसीको बोर्ड बैठकले यस पटकको एमसीसी परियोजनाको लागि बेलीजी र जाम्बियालाई छनौट गर्ने निर्णय गरेको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved