एमसीसी छल्न ‘रातारात’ पर्वत पुगे अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2022 | 10:15:42 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्मा पर्वत पुगेका छन् । बिहिबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने भएपछि उनी रातारात पर्वत हानिएका हुन् ।

पर्वत उद्योग वाणिज्य संघको बिहीबार हुने साधरणसभामा सहभागी हुन अर्थमन्त्री शर्मा बुधबार पर्वतको कुश्मा पुगेका हुन् । 

एमसीसीसँगको अनुदान सहायता सम्झौतामाथि छलफल गर्ने गरि संसद बैठक बस्ने दिन मन्त्री शर्मा काठमाडौँ बाहिर रहेर उपस्थित हुन नसकेको जनाउ दिन जानाजान पर्वत पुगेको एक मन्त्रीले बताए । 

यसअघि आइतबारको बैठकमा पनि एमसीसी टेबल गर्दा मन्त्री शर्मा उपस्थित भएनन् । आफ्नो मन्त्रालयसँग सम्बन्धित विषय भएपनि मन्त्री शर्माले सम्झौता टेबल गरेनन् । 

बिहीबारको संसद बैठकमा सांसद्‌हरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले नै दिनुपर्ने हुन्छ । तर, मन्त्री शर्मा भने एमसीसी छल्न पर्वत हानिएका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved