युक्रेनले रुसका पाँच विमान र हेलिकप्टर खसालेको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2022 | 01:09:37 PM मा प्रकाशित

laxmi  sunrise bank

युक्रेनी सेनाले बिहीबार देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ। ‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भने ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेन विरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गरेका छन् ।गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ। कीभमा बोरिस्पिल अन्तरराष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् । नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ ।

रुसी राष्ट्रपतिले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्रको राष्ट्रको मान्यता  दिएसंगै त्यस क्षेत्रमा आक्रमणको आदेश दिएका हुन्

समाचार संस्था द गार्जियनका अनुसार पुटिनले युक्रेनी र रुसी सेना आमने सामने हुनु अपरिहार्य रहेको बताएका छन्। उनले नेटोलाई युक्रेनको भूमिमा थप अगाडी नबढ्न समेत चेतावनी दिएका छन् । अहिलेको परिस्थितिले रुसलाई निर्णायक कदम लिन बाध्य बनाएको र सैन्य कारवाही जनतालाई बचाउनको लागि रहेको उनले बताएका छन् । 

उनले युक्रेनीलाई चेतावनी दिदै भनेका छन् 'तिमीहरुको पुस्ताले रुस बिरुद्द लडेका थिएनन् , तिमीहरु पनि हतियार बुझाएर फिर्ता जाउँ, युद्द बह्ये त्यसको जिम्मेवारी युक्रेनले लिनु पर्ने छ' । 

 हाल युक्रेनमा संकटकाल घोषणा गरिएको छ ।   



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved