१ लाख म्यादी प्रहरीको लागि भर्ना खुल्यो: ४० दिनको लागि ४४ हजार तलव, के के चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2022 | 06:50:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको छ । प्रहरीले १ लाख जना म्यादी प्रहरीको लागि भर्ना खुलाएको हो । 

इच्छुक तथा योग्य नेपाली नागरिकले चैत्र ६ गतेदेखि चैत्र ११ गतेसम्म सबै जिल्लाका जिल्ला प्रहरी कार्यालय र महानगरीय प्रहरी परिसर (काठमाडौँ, भक्तपुर र ललितपुर) बाट आवेदन दिन सक्ने छन् 
। निर्वाचनमा कुल ४० दिन खटिनु पर्छ भने कुल ४० हजार ४ सय ४० पारिश्रमिक पाइने छ । 

के चाहिन्छ योग्यता ?

१. नेपाली नागरिक हुनु पर्ने,

२. कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको,

३. कुनै राजनैतिक दलको सदस्य नरहेको,

४. शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेको, ५. साधारण लेखपढ गर्न जान्ने,

६. प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को अनुसूची-३ प्रकरण (३) को (छ) र (ज) मा उल्लेख भए बमोजिम हुनु पर्नेछ।

यी व्यक्तिलाई प्राथमिकता 

१. सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा २०७८ श्रावण १ गतेदेखि विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरूस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपी पेश गर्ने व्यक्तिहरु,

२. नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तीभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरु तथा पूर्व वन रक्षकहरू,

३. विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरुमा काम गरी सेवा निवृत्त नेपाली नागरिक,

४. विगतका निर्वाचनहरूमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक कार्य गरेका व्यक्तिहरू।

सेवा तथा सुविधा :

 म्यादी प्रहरीका लागि नेपाल प्रहरीको जवान सरह (आधारभूत तलब: मासिक रू.२२,६८०।-) बढीमा ४० दिन सम्मको लागि व्यक्तिगत बैंक खातामा रकम जम्मा गरिदिने गरी जम्मा तलब रू.३०,२४०।-, खाद्यान्न वापत प्रति व्यक्ति एकमुष्ठ रू.७,२००/- र पोशाक तथा अन्य सामान खरीद गर्ने गरी प्रति व्यक्ति रु.६,०००/- का दरले उपलब्ध गराईने छ।

 निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउन र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एक पटकको लागि रू.१,०००।- का दरले तयारी खर्च उपलब्ध गराईने छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved