निगमसँगको ४ बुँदे सहमतिपछि पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता (सहमतिपत्र)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2022 | 09:40:49 PM मा प्रकाशित

laxmi  sunrise bank

पेट्रोलियम पदार्थको व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन्। एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायीउद्योगीले नेपाल आयल निगमसँग आज शनिबार ४ बुंदे सहमती गरेपछि आन्दोलन फिर्ता भएको हो।

आजै देखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गर्ने सहमति भएको र भोलि बिहान ८ बजेदेखि बिगतमा झैं पेट्रोलियमको उपलब्धता सहज हुने निगमले जनाएको छ। 

पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसका व्यवसायीहरुका मागबारे निगम व्यवस्थापन र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच आज भएको वार्ता तथा छलफलमा उनीहरुको मागबारे एक हप्ताभित्र उचित निष्कर्ष निकाल्ने र जेठ १५ सम्म मागसंग जोडिएका बिषय सक्नेबारे सहमती भएको निगमले जनाएको छ।

पेट्रोलियम व्यवसायीले राखेको मागबारे एक हप्ताभित्र उचित निष्कर्ष निकाल्ने सहमति जुटेकाले आन्दोलन फिर्ता भएको हो। नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउँदै आएको कमिसन स्थगन गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन्। 

पेट्रोलियम बिक्रेताहरुले पेट्रोलियम पदार्थमा पाउँदै आएको कमिसन स्थगित भएकै मितिबाट लागू हुनेगरी पाउनुपर्ने तथा प्राविधिक नोक्सानी पनि पाउनुपर्ने लगायतका माग राखेका छन्। निगम संचालक समितिले पेट्रोलियम बिक्रेताले पाउँदै आएको कमिसन २०७८ फागुन १९ गतेबाट स्थगित गरेको थियो।  

निगमले पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म व्यवसायीलाई प्रतिशतमा नै कमिसन दिँदै आएको थियो । तर, त्यसपछि निगमले पेट्रोलमा मात्रै प्रति लिटर १५ रुपैयाँ मूल्य बढाइसकेको छ। 

यता ढुवानी व्यवसायीहरुले ढुवानी भाडा समायोजन हुनुपर्ने तथा स्वचालित ढुवानी भाडा लागू गर्नुपर्ने माग राखेका थिए। डिजेलको मुल्य बढ्दा बढेको मुल्य अनुसार र घट्दा घटेको मुल्य अनुसार ढुवानी भाडा समायोजन गर्नुपर्ने उनीहरुको माग रहेको छ।    

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved