भारतले रोक्यो गहुँको पिठो, मैदा र सुजीको निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2022 | 04:29:29 PM मा प्रकाशित

laxmi  sunrise bank

केही महिना अघि मात्रै गहुँ निर्यातमा रोक लगाएको भारतले अब गहुँको पिठो र गहुँबाट उत्पादित अन्य उत्पादनको निर्यात पनि रोकेको छ । 

भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा आउँदो मंगलबारबाट आटा, मैदा, सुजी लगायत गहुँबाट उत्पादित बस्तुमा प्रतिबन्ध लगाइने उल्लेख छ । मालबाहक जहाजमा लोड गरिसकेका वा भन्सारमा बुझाइसकिएका उत्पादनलाई कुनै रोकावट हुने सूचनामा भनिएको छ । 

भारतले वैशाख ३० गते गहुँको निर्यातमा पनि पूर्ण प्रतिबन्ध लगाएको थियो । हाल आएर भारतले गहुँको पिठोसमेत निर्यात गर्न रोकेको हो । 

व्यापारीले छिटो पैसा कमाउने लोभमा गहुँको पिठोको असामान्य निर्यात नगरुन् भनेर निर्यातमा भारत सरकारले प्रतिवन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved