‘नेपालीलाई भारतीय सेनामा भर्ती हुने वातावरण मिलाईयोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2022 | 02:42:05 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले भारतीय सेनाको अग्निपथ योजनाअन्तर्गत नेपाली युवाहरुलाई भर्तिको व्यवस्था चाँडो भन्दा चाँडो मिलाउनुपर्ने माग गरेको छ । 

महासंघ नेपालका अध्यक्ष कर्नल धनबहादुर थापाले भारतीय सेनाको अग्निपथ योजनामा नेपाली युवाहरुको सहभागिताको बारेमा सरकारले देखाएको मौनताले भारतीय सेनामा जान चाहने धेरै युवाहरुको चाहनालाई कुठाराघात गरेको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो  बताएका हुन् । 

उनले राज्यले आफ्नो हितमा भएको कुरा किन लागु नगरेको भन्दै गुनासो पोखे । राज्यले लिएको नीतिको कारण नेपाली युवाहरु ठूलो मारमा परेको उनको भनाई छ । 

महासंघ नेपालले सन् १९४७ मा नेपाल, भारत र बेलायत सरकारबीच भएको त्रिपक्षीय सन्धीअनुरुप हालसम्म भारतीय सेनामा रहेको गोरखा सैनिकमाथि कुनै प्रकारको विभेद नरहेको पनि स्पष्ट पारेको छ । यस्तै, महासंघ नेपालले भारतले आफ्नो सेना सुदृढीकरण योजनाअन्तर्गत ल्याएको अग्निपथ योजना कुनै जाति, धर्म, क्षेत्रविशेष या गोरखा भर्तीमा मात्र केन्द्रित नभई सम्पूर्ण देशभरिन नै लागु हुने भारतको सदन र सरकारले पास गरेको राष्टिय योजना भएको जनाएको छ। 

महासंघले अग्निपथ भर्ति कार्यक्रमबाट नेपाललाई प्रत्यक्ष या अप्रत्यक्ष रुपमा हुने फाईदाहरुको पनि प्रकाश पारेको छ । उक्त अग्निपथ भर्ति योजनाअन्तर्गत दुई देशबीच रहँदै आएको सौहार्दपुर्ण सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्यत पुग्ने कुरामा विश्वस्त रहेको पनि महासंघको भनाई छ ।  

महासंघले नेपाली युवाहरु १७, १८ वर्षको उमेरमा भारतको अग्निपथ योजनाअन्तर्गत भर्ती भएकाहरु ४ वर्षपछि अवकाश पाउँदा २१/२२ वर्षको हुने र ती युवाहरुलाई नेपाली सेना तथा प्रहरमिा भर्ती गरी तालिम खर्च र तालिमको समय पनि बचाउन सकिने उल्लेख गरेको छ । 

कार्यक्रममा महासंघ नेपालका कर्नल विजयकुमार राईले जतिसक्दो उक्त भर्तिलाई सुचारु गरिनुपर्ने माग गरे । अहिले भर्ति रोकियो भने १२ देखि १३ हजार नेपाली युवाहरुको भारतीय सेनामा भर्ति हुने सपना अधुरो हुने उनको भनाई । उनले यसरी भर्ति रोक्नु गलत हुने धारणा राखे । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved