केहि मन्त्रीलाई हटाउने प्रचण्डको संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2023 | 06:03:48 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहि मन्त्रीहरुलाई हटाउने संकेत गरेका छन् ।  आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले मन्त्री हटाउने संकेत गरेका हुन् । 

उनले कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा नरहेको बताए। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु नहुने भन्दै उनले ठाउँ छाडिदिनु पर्ने बताए। 

उनले भने 'म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्‍न चाहन्छु, हामीलाई असफल हुने छूट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन। हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ।'

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved