नियोजित रुपमै नकारात्मक मानसिकतालाई मलजल गरिएको प्रधानमन्त्रीको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2023 | 06:49:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियोजित रुपमै नेपाली समाजमा नकारात्मक मानसिकता बढाईएको आरोप लगाएका छन्। प्रधानमन्त्री बनेको एक वर्ष पुगेको उपलक्ष्यमा देशको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले नकारात्मक मानिसिकतालाई नियोजित रुपमै मलजल गरिएको आरोप लगाए।  

"अहिले म नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको देखिरहेको छु। “सकिन्‍नँ, बन्दैन, हुँदैन” भन्‍ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको छ" सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले भने,  "एकथरि तत्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेका छन्। यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ।"

नकारात्मकता र हीनभावनाले हामीकहाँ सम्भव काम पनि असम्भव बनाइरहेको छ र हामीले आफ्नै छेउको उज्यालोलाई पनि पत्याउन छाडेको बताए। सम्बोधनको सुरुवातमा नै प्रधानमन्त्री प्रचण्डले नेपाली जनतामा नकारात्मकता र निराशा बढिरहेको र यसमा केहि तत्त्वले मलजल गरिरहेको आरोप लगाएका थिए। 

प्रधानमन्त्री प्रचण्डले विद्युत र सडक क्षेत्रमा भएका भएका देखाएर नेपाली समाजलाई निराश नहुनलाइ अनुरोध समेत गरे।  "नकारात्मकता र हीनभावनाले हामीकहाँ सम्भव काम पनि असम्भव बनाइरहेको छ र हामीले आफ्नै छेउको उज्यालोलाई पनि पत्याउन छाडेका छौँ भन्‍ने तथ्यलाई स्थापित गर्न म हाम्रो विद्युतीकरण र त्यसका सम्भावनालाई उदाहरणका रूपमा प्रस्तुत गर्न चाहन्छु" उनले भने।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved