भृकुटीमण्डपमा भोलीदेखि घरजग्गा मेला, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 12:33:51 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको भृकुटीमण्डपमा भोलीदेखि घरजग्गा मेला आयोजना हुँदैछ । पौष १२ गतेदेखि १५ गतेसम्म आयोजना हुने मेलाको सबै तयारी सकिएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले जानकारी दिए ।

संघले आज पत्रकार सम्मेलन गरेर ८औँ संस्करणको घरजग्गा मेलाको तयारी सकिएको जनाएको हो । 

मेलामा भवन तथा संयुक्त आवास र जग्गा विकासकर्ता, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टसहित बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने छ । फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, डण्डी, सिसा, काठ, रंगरोगन लगायतका निर्माण सामग्री पनि मेलामा राखिनेछ । 

यस वर्षको मेलामा २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार लक्ष्य राखिएको छ । १ लाख ५० हजार मानिसले मेलाको अवलोकन गर्ने दाबी गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved