विद्युत प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक नभएको खुलासा, अब के गर्लान् कुलमान ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 01:12:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत् प्राधिकरणसँग उद्योगी व्यवसायीले माग गर्दै आएको टाइम अफ डे (टिओडी) मिटरको तथ्यांक नरहेको पाइएको छ। प्राधिकरणले अदालतलाई पठाएको पत्रमा टिओडी मिटरको रेकर्ड नभएको उल्लेख छ। 

 प्राधिकरणले २०८०/०६/११ मा जिल्ला अदालत सुनसरीलाई पठाएको पत्रमा टिओडी मिटरको रेकर्ड नरहेको उल्लेख गरिएको छ । अदालतले २०८०/०५/१३ गते प्राधिरकणसँग टीओडी रेकर्ड माग गरेकोमा प्राधिकरणले २०८०/०६/११ मा अदालतलाई जवाफ पठाउँदै टिओडी मिटरको रेकर्ड नरहेको जनाएको हो । त्यस्तै, जिल्ला अदालत मकवानपूरलाई पठाएको पत्रमा पनि प्राधिकरणले टीओडी मिटरको रेकर्ड नरहेको जनाइएको छ । दुवै पत्र बिजपाटीसँग सुरक्षित रहेको छ ।

टीओडी मिटरको डाटा छैन भन्दै प्राधिकरणले पठाएको पत्र

अदालतमा बुझाइएका यी पत्र अनुसार प्राधिकरणसँग टीओडी डाटा नै छैन । टीओडी मिटर नै नभई प्राधिरकणले उद्योगी व्यवसायीसँग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता भन्दै बिल पठाउने काम गरिरहेको छ । जबकी, विद्युत् वितरण नियमावली, २०६९ मा टिओडी मिटरको रेकर्ड डाउनलोड गर्नुपर्ने व्यवस्था छ ।

आफुसँग डाटा नै नभई फर्जी बिल काटेको भन्दै उद्योगी व्यवसायीले फर्जी बिल काट्नेलाई कारवाही हुनु पर्ने माग गरेका छन् । एक उद्योगीले बिजपाटीसँग भने 'फर्जी बिल काट्नु गैर कानुनी हो, यस्तो गर्नेलाई कारवाही हुनु पर्छ'।  प्राधिकरणले फर्जी बिल काटेको भन्दै टिओडी मिटरको तथ्यांकमा आफुले बिजुली बालेको देखिए सबै रकम तिर्ने उनको भनाई थियो । आफुले बाल्दै नबालेको बिजुलीको फर्जी बिल पठाएको भन्दै यसको छानबिन हुनु पर्ने ति उद्योगीको माग छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved