टीओडी मिटरमा नभएको बिल बनाएर आत्मरतिमा रमाउनु गलत : पूर्वमन्त्री जनार्दन शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 05:05:57 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थमन्त्री जनार्दन शर्माले विद्युत महशुल बक्यौता विवादमा आफ्नो प्रतिकृया दिएका छन्। विद्युत महशुल बक्यौता विवादलाई लिएर उद्योगी र सरकारबीच रस्साकस्सि चलिरहेको बेला उर्जामन्त्री समेत भईसकेका तथा लोडसेडिंङ अन्त्यको लागि योगदान पुर्याएका शर्माको प्रतिकृयालाई महत्त्वको साथ हेरिएको छ। 

पूर्व अर्थ तथा उर्जामन्त्री जनार्दन शर्माले  देशलाई औद्योगिकीकरण गर्दै विद्युत खपत बढाउने काम गर्नुपर्ने बेलामा उद्योगमा बिद्युत लाइन काट्ने निर्णय ठीक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।  प्रयोग गरेको बिजुलिको बिल तिर्नुपर्ने र प्रयोग नगरेको बिजुलीको बिल तिर्नु नपर्ने स्पष्ट हुँदाहुँदै पनि रेकर्डमा नै नभएको बिल बनाएर आम्दानीको लागि आत्मरमितामा रमाउनु गलत भएको सांसद शर्माले लेखेका छन्। 

उनले सामाजिक संजाल मार्फत लेखेका छन्, "प्रयोग गरेको बिजुलीको बिल तिर्नुपर्छ, प्रयोग नगरेको तिर्नुपर्दैन। प्राधिकरणले फर्जी बिल काटेको भन्ने आरोपको खण्डन गर्न सक्नुपर्छ। TOD मिटरमा रेकर्ड नभएको बिल बनाइ,  नभएको आम्दानीको आत्मरतिमा रमाउनु गलत हो।"

सांसद शर्माले नेपाल विद्युत प्राधिकरणमाथि फर्जी बिल काटेको भन्ने आरोपको खण्डन गर्न सक्नुपर्ने समेत बताएका छन्। त्यसो त पछिल्लो समय उद्योगीहरुले कुलमानमाथि फर्जी बिल काटेको सार्वजनिक रुपमै आरोप लगाउदै आएका छन्। 

त्यस्तै उद्योगको लाइन काटेर महिनौंदिनसम्म बहस र अड्डा अदालत गर्नु कुनै पनि हिसाबले उद्योगमैत्री नहुने उनको तर्क छ। यस्तो कार्यले निकासी भइरहेका सिमेन्ट, जस्तापाता लगायतका सामग्रीको उत्पादन बन्द हुदाँ उद्योगीलाई मात्र हैन देशलाई नै घाटा हुने उनको भनाई छ। 

टीओडी मिटरको डाटाले उद्योगहरुले प्राधिकरणको दाबिअनुसारको बिद्युतको महशुल तिर्नु पर्ने वा नपर्ने कुराको छिनोफानो गर्ने भन्दै  शर्माले विद्युत प्राधिकरणलाई तत्काल टीओडी मिटरको डाटा सार्वजनिक गर्न माग गरेका छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved