उद्योगको बिजुली काट्ने काम खेदजनकः गोकुल बाँस्कोटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2023 | 10:09:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले उद्योगले प्रयोग नै नगरेको बिजुलीको पैसा मागेर उद्योगको लाइन काट्ने काम खेदजनक भएको बताएका छन् । विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता बाँकी रहेको भन्दै उक्त बक्यौता नतिरेको आरोपमा उद्योगको लाइन काट्न थालेपछि बाँस्कोटाले प्रयोग नगरेको डेडिकेटेड लाइनको पैसा नतिरेको आरोपमा उद्योगको लाइन काट्ने काम खेदजनक भएको प्रतिक्रिया दिएका हुन् । 

‘उद्योगीले प्रयोग नै नगरेको बिजुलीको पैसा उसुल्न बाँकी देखाएर विद्युत प्राधिकरणले नक्कली नाफा देखाउने गरेको, लाइसेन्स बेच्ने, प्रसारण लाइन नबनाउने, सस्तोमा भारतलाई बेच्ने महँगोमा किन्ने गरेको धेरै वर्ष भो । प्रयोग नगरेको डेडिकेटेड लाइनको पैसा नतिरेको आरोपमा उद्योगको लाइन काट्ने काम खेदजनक छ’ बाँस्कोटाले लेखेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved